१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
अ अ+ अ-

सर्लाही। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सर्लाहीमा १५८ मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रका रुपमा राखिएको छ ।

यहाँ रहेका चार निर्वाचन क्षेत्रमा ३१२ मतदानस्थल तोकिएको थियो । त्यसमध्ये १३१ संवेदनशील र २३ मतदानस्थललाई सामान्य समूहमा वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार सबै मतदानस्थलको अनुगमनपछि तीन समूहमा वर्गीकरण गरिएको हो । निर्वाचन सुरक्षा रणनीति तयार गर्ने उद्देश्यसहित तयार पारिएको समूहअनुसार मतदानस्थलको सुरक्षा व्यवस्था सोहीअनुसार गरिने उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा यहाँको सामाजिक, राजनीतिक, भौगोलिक तथा सीमावर्ती क्षेत्रका जोखिमलाई मूल्याङ्कन गरिएको प्रजिअ रामुराज कडरियाको भनाइ छ । सुरक्षा समितिको सिफारिसमा यसपटक केही मतदानस्थल र केन्द्र हेरफेर गरिएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले बताउनुभयो । आसन्न निर्वाचनमा सर्लाहीका मतदाताले ३१२ मतदानस्थलमा स्थापना गरिने ६२८ मतदान केन्द्रमार्फत आफ्नो मत जाहेर गर्नेछन् ।

निर्वाचन कार्यालयका सर्लाहीका अनुसार क्षेत्र नं १, मा एक लाख ३० हजार ८७१ मतदाता रहेका छन् । यहाँ ७८ मतदानस्थल र १५७ मतदान केन्द्र तोकिएको छ भने क्षेत्र नं २, मा एक लाख २५ हजार ३११ मतदाताका लागि ७७ स्थानमा १५८ मतदान केन्द्र तय भएको छ ।

यस्तै क्षेत्र नं ३, मा एक लाख ३४ हजार ४१२ मतदाताका लागि ७६ मतदानस्थलमा १५९ मतदान केन्द्र स्थापना गरिने भएको छ भने ४ नम्बर निर्वाचन क्षेत्रमा एक लाख २१ हजार १२ जना मतदाताका लागि ८१ मतदानस्थलमा १५४ वटा केन्द्र रहने जिल्ला निर्वाचन अधिकारी पौडेलले जानकारी दिनुभयो ।

आसन्न निर्वाचनमा सर्लाहीबाट दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र ११ अन्यसहित पाँच लाख ११ हजार ६०६ जना मतदाताले मतदान गर्नेछन् । विसं २०७९ को निर्वाचनपछि सर्लाहीमा २२ हजार ५९५ जना नयाँ मतदाता थपिएका छन् । रासस