१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड’को घोषणा



अ+ अ-

काठमाडौँ। आफ्नो पेसा वा व्यवसायका माध्यमबाट देश र समाजलाई उल्लेखनीय उोगदान पु¥याएका व्यक्ति, संस्था वा समूहलाई प्रदान गरिने गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड यस वर्षका लागि आह्वान गरिएको छ ।

रोटरी डिस्ट्रिक ३२९२ द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रु २० लाख राशिको सो पुरस्कार यस वर्ष पानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा प्रदान गरिने जानकारी दिइयो ।

सन् २०१० देखि दुई वर्षमा रु १० लाखका दरले प्रदान गरिँदै आएको यो पुरस्कार सन् २०२४ देखि प्रत्येक वर्ष रु २० लाखका दरले प्रदान गर्न थालिएको भोकेशनल अवार्ड समितिका अध्यक्ष राजेन्द्रमान शेरचनले बताउनुभयो ।

उहाँका अनुसार पुरस्कारका लागि रोटरी डिस्ट्रिक कार्यालय थापाथली र देशभर रहेका १६३ क्लबबाट तथा अनलाइनबाट यही माघ २२ गतेसम्म बुझाउन सकिने तथा पुरस्कार आगामी फागुन ६ देखि ९ गतेसम्म पोखरामा आयोजना गरिने ‘डिस्ट्रिक कन्फरेन्स’मा प्रदान गरिनेछ ।

सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको यो संस्था हाल विश्वका २०० भन्दा बढी मुलुकमा ४६ हजारभन्दा बढी रोटरी क्लब रहेका छन् । नेपालमा भने सन् १९५९ मा प्रारम्भ भएकामा सन् २००८ जुलाईदेखि छुट्टै रोटरी डिस्ट्रिकका रुपमा सञ्चालन हुँदै आएको छ । रासस