१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

निर्वाचनको माहोलबीच किसानलाई खेतीपातीको चटारो

निर्वाचनको माहोलबीच किसानलाई खेतीपातीको चटारो
फाईल फोटो
अ अ+ अ-

महोत्तरी। मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल बढ्दै जाँदा महोत्तरीका किसानलाई भने खेतीपातीको चटारो छ । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि मङ्गलबार उम्मेदवारले मनोनयनपत्र दर्ता गराइसकेका छन् ।

निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम पर्वजस्तै हुने भए पनि यहाँका आमकिसान भने आफ्नै काममा व्यस्त छन् । वसन्तपञ्चमी (श्रीपञ्चमी) पर्वका लागि केशोर (माटो मुनि फल्ने मधेसको फलविशेष) खनेर बजार पु¥याउन, उखु काटेर चिनी उद्योग लिन र वैशाखी तरकारी (चैत÷वैशाखमा उत्पादन लिइने) लगाउने बेला घर्कंदै गर्दा हाल किसानलाई कामको भ्याइनभ्याइ परेको हो ।

महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा वसन्तपञ्चमीका दिन गरिने सरस्वती पूजनोत्सवमा केशोर मुख्य प्रसाद सामग्री मानिने परम्परा छ ।

केशोरखेती गरिने बर्दिबास, गौशाला र भङ्गाहा नगरक्षेत्रका किसान हाल दिनरात नभनी केशोर खन्ने र बजार पु¥याउने काममा व्यस्त छन् ।

“केशोरको त सिजन नै यही श्रीपञ्चमी पर्व हो, यसबेला बेच्न सकिएन भने पछि राम्रो भाउ पाइँदैन”, करिब एक बिघा क्षेत्रफलमा यो खेती गर्नुभएका बर्दिबास–७ मनहरिपुरका किसान निरबहादुर खत्री भन्नुहुन्छ, “चुनाव लाग्यो रे भन्ने त सुन्दछु , तर केशोर यसैबेला बेच्नुपर्ने चटारोले चुनावको रमाइलो हेर्ने फुर्सद छैन ।”

श्रीपञ्चमीपछि फुर्सदमा दुई÷चार दिन चुनावको रमाइलो हेर्ने उहाँको धोको छ । यसपालि श्रीपञ्चमी पर्व शुक्रबार परेको छ । त्यसैले बिहीबारभित्रै केशोर बजार पु¥याइसक्नुपर्ने हुँदा फुर्सद नै नपाइएको बर्दिबास–९ पशुपतिनगर बनरझुल्लाका किसान भोला महतो बताउनुहुन्छ ।

खत्री र महतोजस्तै मनहरिपुरकै ७० वर्षीय विन्देश्वर यादव पनि केशोर खन्ने र बेच्ने कामको धपेडीमा हुनुहुन्छ । “केशोर खन्न अब ढिलो गर्न हुन्न, श्रीपञ्चमीका लागि बिहीबारसम्म बजार हुन्छ, त्यसैले घरका सबै केशोर खन्न जुटेका छौँ”, उहाँले भन्नुभयो,“यहाँको केशोर वसन्तपञ्चमी पर्वमा पूर्वको मेची पारिसम्म पुग्ने गरेको छ ।”

केशोरजस्तै उखु र वैशाखी तरकारी लगाउने किसानलाई पनि कामको भ्याइनभ्याइ छ । तयार भएको उखुबाली काटेर चिनी उद्योग पु¥याउने र नयाँ उखु लगाउने यही बेला हो । यसले गर्दा उखु किसान धमाधम यसै काममा लागिरहेका छन् ।

“चुनावको रमाइलो त हेर्न मन छ नि, तर अब काट्न ढिलो गरे मुखमा आएको उखु खेतमै सुक्छ”, गौशाला–१० बटुवाका किसान अरुण कुशवाहा भन्नुहुन्छ, “यसैबेला नयाँ उखु लगाउनु पनि छ, उखु रोप्न ढिलो भए खेतको चिस्यान सुकेर नउम्रने समस्या पर्छ ।” जिल्लाको उत्तरी क्षेत्रको उखु र केशोर दुवै मुख्य नगदेबाली हुन् । किसानको वर्षभरिको गुजारा यिनै उत्पादन बेचेर व्यवस्थापन गर्नुपर्ने हुँदा कामको चटारो रहेको कुशवाहाको भनाइ छ ।

केशोर र उखुजस्तै जिल्लाका सबै भेगका किसानलाई वैशाखी तरकारी लगाउने चटारो छ । वैशाखी तरकारी पनि ढिलोमा माघ १५ भित्र रोपिसक्नु पर्ने मान्यता छ । किसान खेतीपातीमा व्यस्त भएकाले चुनावको मनोनयन दाखिला गर्ने कार्यक्रममा पनि धेरैको उत्साहजनक सहभागिता नभएको दलकै नेताहरू स्वीकार्छन् ।

“हामी निर्वाचन अभियानकै क्रममा किसानबीचमै छौँ”, भङ्गाहा–९ सखुवाटोलका बासिन्दा नेपाली कांग्रेसका स्थानीय नेता सुरेश यादव भन्नुहुन्छ, “अहिले किसान खेतीपातीमा व्यस्त छन्, यो सकेपछि भने बिस्तारै निर्वाचन अभियानमा जोडिएलान् ।”

यहाँका किसान निर्वाचनप्रति अलि उत्साह पनि मरेको बताउँछन् । आफूहरुको सुविधाप्रति तीनै तहका सरकार उदासीन रहेकाले खासै चासो नरहेको किसानको भनाइ छ । अधिकांश नेपालीका लागि कृषि मुख्य पेसा रहेकाले यसपालिको चुनावमा यससम्बन्धी विशेष सुविधाका प्रतिबद्धता दल र उम्मेदवारबाट आउनपर्ने किसानको माग छ । रासस