१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

ग्रिनल्याण्ड वार्तालाई तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

ग्रिनल्याण्ड वार्तालाई तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
डोनाल्ड ट्रम्प
अ अ+ अ-

डाभोस। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार डाभोसमा भएको एक कडा सम्बोधनमा ग्रिनल्याण्ड अधिग्रहणका सम्बनधमा तत्काल वार्ताको माग गर्नुभएको छ।

छ वर्षपछि पहिलो पटक विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिन खोजेको बताउनुभयो ।

“यो विशाल भूमि र बरफको यो विशाल टुक्रालाई संयुक्त राज्य अमेरिका एक्लैले रक्षा गर्न सक्छ,” ट्रम्पले स्विस स्की रिसोर्टमा एक घण्टाभन्दा बढी लाइनमा रहेका विश्वव्यापी राजनीतिक र व्यापारिक नेताहरूको खचाखच भरिएको दर्शकलाई सम्बोधन गर्दै भन्नुभयो ।

उहाँले भन्नुभयो, “यही कारण अमेरिकाले ग्रिनल्याण्ड अधिग्रहण गर्ने विषयमा पुनः एकपटक मैले वार्ता गर्न खोजिरहेको छु ।” ग्रिनल्याण्डबारे डेनमार्कसँग ‘विकल्प’ रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तपाईं हुन्छ भन्नुस् । हामी धेरै सराहना गर्नेछौँ । तपाईं हुन्न पनि भन्न सक्नुहुन्छ र हामी यसलाई सम्झनेछौँ। एक बलियो र सुरक्षित अमेरिका भनेको एक बलियो नेटो पनि हो।”

ट्रम्पले ट्रान्सएटलान्टिक गठबन्धनलाई टुक्रा पार्ने धम्की दिएको नेटो सदस्य डेनमार्कविरुद्ध सैन्य कारबाहीको चेतावनी दिएको भन्ने कुरालाई अस्वीकार गर्नुभयो र यो आरोप लगाएकोमा डेनमार्कलाई ‘कृतघ्न’ को संज्ञा दिनुभयो ।

ट्रम्पले भन्नुभयो, “स्पष्ट रूपमा भन्नुपर्दा, हामी रोक्न सकिने अवस्थामा हुने छैनौँ तर म त्यसो गर्दिनँ। सम्भवतः मैले अत्यधिक शक्ति र बल प्रयोग गर्ने निर्णय गर्दिनँ ।”

उहाँले अगाडि थप्नुभयो, “मैले बल प्रयोग गर्नु पर्दैन र म बल प्रयोग गर्न चाहन्नँ । म बल प्रयोग गर्दिनँ।” ट्रम्पले ग्रीनल्याण्डदेखि कर र अर्थतन्त्रसम्मका कैयौँ बिषयमा युरोपको आलोचना गर्दै भन्नुभयो, “यो सशी दिशामा गइरहेको छैन।”

खनिजका लागि धनी ग्रिनल्याण्डमाथि हिउँमा बिछ्याइएको रातो कार्पेटमा हेलिकप्टरबाट अवतरण गरेका ट्रम्पको दाबीले डाभोसमा भएको बैठकलाई पूर्ण रूपमा ओझेलमा पारेको छ ।

विद्युतीय समस्याले एयर फोर्स वानलाई वाशिङ्गटनमा फर्कन र विमान परिवर्तन गर्न बाध्य पारेका कारण उहाँ निर्धारित समयभन्दा दुई घण्टा ढिलो कार्यक्रमस्थलमा आइपुग्नुभएको थियो ।

युरोप र क्यानडाले यसअघि अर्ध–स्वायत्त ग्रिनल्याण्डमाथि ट्रम्पको क्षेत्रीय महत्वाकाङ्क्षाबाट अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई खतराको रूपमा हेरेका थिए।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मङ्गलबार डाभोसमा अमेरिकी नेतृत्वको प्रणाली ‘फुट्ने’ चेतावनी दिनुभएको थियो ।

नेटोका प्रमुख मार्क रुटले बुधबार डाभोसमा भन्नुभएको थियो, “ग्रिनल्याण्डमाथि ट्रम्पको दाबीले समूहको अस्तित्वको सङ्कट निम्त्याएको छ।”

“अहिले यी तनावहरू छन्, यसमा कुनै शङ्का छैन,” रुटले भन्नुभयो । रुटलाई अमेरिकी राष्ट्रपतिसँग व्यवहार गर्ने क्षमताका लागि कुशल व्यक्तिका रूपमा चिनिन्छ।

ट्रम्पले आफ्नो भाषणका क्रममा नेटोप्रति शङ्का व्यक्त गर्दै वासिङ्टनमाथि ‘अन्यायपूर्ण व्यवहार’ गरिएको बताउनुभएको थियो ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको कार्यालयले बुधबार ग्रीनल्याण्डमा नेटो अभ्यासका लागि आह्वान गरेको छ र यसमा योगदान दिन तयार रहेको जनाएको छ ।

म्याक्रोँले मङ्गलबार डाभोसमा अमेरिकाले युरोपलाई अधीनमा राख्ने प्रयासविरुद्ध चेतावनी दिनुभएको थियो र ग्रीनल्याण्डमा सहयोगी राष्ट्रमाथि कर लगाउने ट्रम्पको ‘अस्वीकार्य’ चेतावनीप्रति आलोचना गर्नुभएको थियो ।

ट्रम्पले डेनमार्कलाई समर्थन गरेको भन्दै आठ युरोपेली देशमाथि २५ प्रतिशतसम्म कर लगाउने चेतावनी दिएपछि युरोपले प्रतिकार गर्ने बताएको छ।

ग्रिनल्याण्डका प्रधानमन्त्रीले आफ्नो सानो जनसङ्ख्यालाई ५७ हजार सैनिक बलका लागि तयार पारिनुपर्ने बताउनुभएको छ ।

यसैबीच, बिहीबार ट्रम्पले औपचारिक रूपमा आफ्नो तथाकथित ‘बोर्ड अफ पिस’ को पहिलो चार्टर घोषणा गर्ने तयारी गर्नुभएको छ, अन्तर्राष्ट्रिय द्वन्द्व समाधान गर्ने एक निकायका रूपमा शान्ति समिति (बोर्ड अफ पिस) को स्थायी सदस्यताका लागि एक अर्ब डलर तिर्नुपर्नेछ ।