१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति
अ अ+ अ-

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको अवस्था बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ ।

उहाँले बहुपक्षीय संस्थाको कमजोर र स्वास्र्थ केन्द्रित गठबन्धनको बढ्दो प्रभाव, सूचना प्रविधिको व्यापक प्रयोग र दुरूपयोग, साना–राष्ट्रको घट्दो निर्णय क्षमताका कारण पनि राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताउनुभयो ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिद्वारा आज यहाँ आयोजित ‘नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र समृद्धिमा प्रतिरक्षा विश्वविद्यालय’को भूमिका विषय कार्यक्रममा प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षाको आयाम, क्षेत्र, अभ्यासमा सरोकारवालाबीच साझा सोच र धारणा आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको भू–राजनीतिक अवस्थित, तरल राजनीतिक अवस्था, विभिन्न समूह तथा सङ्घसंस्थाका गतिविधि, बसाइँसराइ, वैदेशिक रोजगारमा निर्भरता, घट्दो कृषि तथा बढ्दो आयातले आर्थिक तथा सामाजिक सुरक्षामा थप जटिलता उत्पन्न भइरहेको छ ।”

उहाँले जटिल र बहुआयामिक सामाजिक वातावरणमा बाह्य तथा आन्तरिक सुरक्षा पर्नसक्ने प्रभावको गहन विश्लेषण गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक दृष्टिकोणसहित प्रभावकारी राष्ट्रिय सुरक्षाको व्यवस्था जानु आजको अपरिहार्यता रहेको बताउनुभयो ।

प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका समयन्त्रको समन्वयात्मक उपयोग र प्रयोगबाट राष्ट्रियहितको जर्गेना गर्नु हो भन्नुभयो । उहाँले भन्नुभयो, “हालको विश्वपरिवेशमा राष्ट्रिय सुरक्षा र प्रतिरक्षा केबल परम्परागत सैनिक सुरक्षामा मात्र सीमित नरही सामाजिक स्थायित्व, सुशासन, आर्थिक समृद्धि, बलियो कूटनीतिक, सफल सूचना संयन्त्र, प्रविधिको उपयोग एवं राष्ट्रियहितसँग सरोकार राख्ने सबै विषयसँग जोडिएको छ ।”

बहुसाँस्कृतिक समाजमा पारम्परिक सम्बन्ध, आपसी सहिष्णुता र एकता कायम गर्दै राष्ट्रिय सुरक्षालाई बलियो तुल्याउनुपर्ने बताउँदै प्रधानसेनापति सिग्देलले भन्नुभयो, “राष्ट्रिय सुरक्षा नीतिमा आधारित रही नेपालका सबै सम्बद्ध निकायलाई सबल, सक्षम र सुदृढ बनाउन तथा आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान र विश्लेषण गरी प्रतिरक्षा, आन्तरिक सुरक्षा, सार्वजनिक सुरक्षा, परराष्ट्र र अर्थनीतिमा सामाञ्जस्यता ल्याएर सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छ ।”

नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वतन्त्रता पुर्खाको दूरदृष्टि, राष्ट्रपतिको समर्पण र बलिदानबाट मात्र सम्भव भएको बताउँदै उहाँले वर्तमान पुस्तामा  नेपालको इतिहास र परम्पराको ज्ञानबाट राष्ट्रभक्तिको भावना विकास जागृत तुल्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षाका सम्बन्धमा सबै सरोकारवाला निकाय र नागरिकमा साझा बुझाइको आवश्यकता महसुस गरी राष्ट्रिय विश्वविद्यालयको स्थापना र सञ्चालन अघि बढाइएको स्पष्ट पार्नुभयो ।

प्रधानसेनापति सिग्देलले भन्नुभयो, “भविष्यमा आइपर्नसक्ने बहुआयामिक चुनौतीलाई सामान गर्न राजनीतिक तहमा सोच्नसक्ने, अन्तरनिकायबीचको समन्वय र राष्ट्रियहितलाई केन्द्रमा राखेर रणनीतिक तहको नेतृत्व उत्पादन र विकास गर्न  राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय एक महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ ।”

विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक एवं उपरथी विष्णु राउतले नेपालको ठूलो प्राज्ञिक अनुसन्धान संस्थाका रूपमा अघि बढिरहेको विश्वविद्यालयको पाठ्यक्रम निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।

विश्वविद्यालय प्राज्ञिक समूहका सदस्य डा शम्भुराम सिंखडा समाज छलफल र बहसबाट अघि बढ्ने भए पनि सुरक्षा फौज भने निश्चित संरचना, अनुशासन र आदेशमा चल्ने सङ्गठन भएको पक्षलाई सबैले मनन गर्न आवश्यक रहेको बताउनुभयो ।

परराष्ट्र मामिलाका जानकार विषयविज्ञ डा विश्चलनाथ पाण्डेले जेनजी आन्दोलनका क्रममा देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटै अङ्ग घाइते भएकाबेला नेपाली सेनाको अनुभव, क्षमता, रणनीतिकज्ञान र सुझबुझपूर्ण कार्यले मुलुकमा नयाँ सरकार गठन भई चुनावी वातावरण बन्न पुगेको धारणा राख्नुभयो ।

विषयविज्ञ डा पिताम्बर भण्डारीले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको अनुसन्धान र ज्ञान हासिल गर्ने प्रतिरक्षा विश्वविद्यालय सञ्चालन र अनुसन्धानमा आफ्नै बजेट र लगानी हुनुपर्नेमा जोड दिनुभयो ।

प्राज्ञिक उपसमितिका सदस्य प्रा डा मीनादेवी वैद्यले रणनीतिक नेतृत्व विकास तथा राष्ट्रिय सुरक्षा रणनीति निर्माणमा विश्वविद्यालयको भूमिकाका विषयमा धारणा प्रस्तुत गर्नुभयो ।

प्रतिरक्षा विश्वविद्यालय आयोजना प्रमुख विनय राणाले नेपालको गौरवपूर्ण इतिहासलाई आधुनिकतासँग जोडेर लैजानुपर्ने धारणा राख्नुभयो । प्राज्ञिक उपसमिति सदस्य पूर्वउपरथी तीन वटा सेमेस्टरमा हुने १५ वटा विषयवस्तुको ढाँचाबारे जानकारी गराउनुभयो ।

काभ्रे बनेपा नगरपालिका– १३ र १४ मा रु आठ अर्ब ६३ करोड १० लाखको लागतमा निर्माण भइरहेको उक्त विश्वविद्यालय आगामी साउनदेखि सञ्चालनमा ल्याउने जमर्काेका साथ पाठ्यक्रम निर्माणको कार्य भइरहेको छ । रासस