१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

जब जेससको आँखामा आँसु आयो

जब जेससको आँखामा आँसु आयो
अ अ+ अ-

मिलान । गाब्रिएल जेससले दुई गोल गर्दै आर्सनललाई इन्टर मिलानमाथि ३–१ को जित दिलाएपछि आफ्नो आँखामा आँसु आएको बताएका छन्। यो जितसँगै आर्सनलले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

२८ वर्षीय ब्राजिलियन फरवार्ड जेसस घुँडाको एसीएल चोटका कारण ११ महिना मैदान बाहिर रहेपछि डिसेम्बरमा फर्किएका थिए। इन्टरविरुद्धको खेल उनको कमब्याकपछिको मात्र तेस्रो सुरुवाती खेल थियो।

चार सिजनदेखि आर्सनलमा रहे पनि चोटका कारण आफूले ‘एक वा डेढ–दुई सिजनजति मात्र खेलेको अनुभूति’ हुने जेससले बताएका छन्। चोटबाट फर्किएपछि उनले आफ्नो क्षमताको झल्को देखाइरहेका छन्। गत महिना एस्टन भिल्लामाथि ४–१ को जितमा उत्कृष्ट गोल गरेका जेसस इन्टरविरुद्ध भने पुरानै लयमा देखिए।

खेलपछि अमेजन प्राइमसँग कुरा गर्दै जेससले भने, “यो सपनाजस्तै रात हो। म सधैं फुटबलर बन्ने सपना देख्थें। बाल्यकालमा धेरै सेरी ए खेल हेर्थें। यही स्टेडियममा आएर गोल गर्न पाउनु मेरो लागि भावुक क्षण हो। आँखामा आँसु आयो।”

उनले ११ महिनाको चोट अवधिले जीवन र फुटबलका कठिन क्षणबाट धेरै कुरा सिकाएको बताए। “जे हुन्छ, त्यसको कुनै न कुनै कारण हुन्छ – राम्रो होस् वा कठिन।”

इन्टर मिलान बलियो टोली भएको उल्लेख गर्दै जेससले आर्सनलले खेल नियन्त्रणमा राख्दै राम्रो प्रदर्शन गरेको बताए।

“हामीले अन्तिम समयमा गोल गर्‍यौं र तीन अंक बटुल्यौं । अब यसलाई निरन्तरता दिनुपर्छ, किनकि विकेन्डमा अर्को महत्वपूर्ण खेल छ,” उनले भने।

जेससका यी दुई गोलसँगै उनको च्याम्पियन्स लिगमा १० खेलसम्म गोलरहित यात्रा अन्त्य भएको छ। यसअघि उनले २०२३ नोभेम्बर २९ मा लेन्सविरुद्धको ६–० जितमा गोल गरेका थिए।

यस सिजन आर्सनलका समर्थकहरू जेससलाई सुरुवात गराउन माग गर्दै आएका थिए, किनकि समरमा अनुबन्धित स्विडिस स्ट्राइकर भिक्टर ग्योकेरेसले अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन्। यद्यपि, मिलानमा ग्योकेरेसले पनि उत्कृष्ट कर्लिङ गोल गर्दै टोलीको तेस्रो गोल गरेका थिए।

जेससले टोलीभित्र प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिएको बताए। “म अब बच्चा होइन, २८ वर्षको भएँ। फुटबल बुझ्छु। भिकले गोल गरेकोमा म खुसी छु। काई हाभर्ट्जले मौका पाउँदा गोल गर्नेमा पनि विश्वस्त छु,” उनले भने।

यस खेलमा जेसस र ग्योकेरेस दुवैले गोल गरेपछि यो सिजन पहिलोपटक आर्सनलका दुई सेन्टर–फरवार्डले एउटै खेलमा गोल गरेका हुन्।

आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले जेससको प्रशंसा गर्दै भने, “हामीले गाबीलाई धेरै मिस गरेका थियौं। यसले उनको र टोलीको आत्मविश्वास बढाउनेछ। अहिले हामीसँग फरवार्ड पोजिसनमा विभिन्न विकल्प छन्।”

च्याम्पियन्स लिगमा जेससले ५३ खेलमा २६ गोल पूरा गरेका छन्। कम खेलमा २५ गोल पूरा गर्ने ब्राजिलियन खेलाडीहरूमा नेयमार (४४ खेल) र जार्डेल (४५ खेल) मात्र जेससभन्दा अघि छन्।

चारपटक च्याम्पियन्स लिग जितेका क्लेरेन्स सिडोर्फले भने, “यो खेलाडीहरूबीचको प्रतिस्पर्धा मात्र होइन। जसले खेले पनि टोलीका लागि योगदान दिनुपर्छ भन्ने सोच महत्वपूर्ण हो।”

यसैबीच, आगामी आइतबार प्रिमियर लिगमा आर्सनलसँग खेल्न जाने म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी वेन रुनीले भने, “यदि म गाब्रिएल जेसस भएको भए, म प्रशिक्षकलाई आइतबारको खेल म नै सुरु गर्न चाहन्छु भन्ने सन्देश दिन्थें। उनले दुई गोल गरे र उत्कृष्ट खेले।”