१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कञ्चनपुरका तीन क्षेत्रमा ५५ उम्मेदवारद्वारा मनोनयन दर्ता

कञ्चनपुरका तीन क्षेत्रमा ५५ उम्मेदवारद्वारा मनोनयन दर्ता
अ अ+ अ-

कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि कञ्चनपुरमा ५५ जनाले मनोनयन दर्ता गराएका छन् ।

तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नम्बर १ र २ मा १९÷१९ जना तथा क्षेत्र नम्बर ३ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोपीप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनकसिंह धामी, नेकपा (एमाले) बाट तारा लामा तामाङ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट बीना मगरले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी अनिल राना, मञ्जुदेवी सुनार, यादव सिंह र रुपादेवी विष्टले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपाबाट  दिल्लीबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट कटक जहादुर शाही, नागरिक उन्मुक्तीबाट कृष्णबहादुर चौधरी, संयुक्त नागरिकबाट दानियल विक, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देवेन्द्रबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट पुरन राना थारु, उज्याले नेपालबाट माइकल तामाङले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट राजाराम डँगौरा, आम जनता पार्टीबाट सीता विक, मितेरी पार्टी नेपालबाट सियाराम राना र मङ्गोल नेश्नल अर्गनाइजेशनबाट हुमबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट नारायणप्रकाश (एनपी) साउँद, नेकपा (एमाले)बाट बचनबहादुर सिंह, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट माधव पन्त र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपक बोहराले उम्मेदवारी दर्ता गराएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा स्वतन्त्र र पार्टीबाट गरी १९ जनाको  उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट हरिप्रसाद बोहरा, नेकपा (एमाले)बाट डा दीपकप्रकाश भट्ट, नेपाली कम्युनिष्ट पार्टीबाट मानबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ज्ञानेन्द्र महताले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट कर्णबहादुर चन्द, मितेरी पार्टी नेपालबाट किरना थापा, श्रम संस्कृति पार्टीबाट गङ्गादत्त जोशी, राप्रपाबाट पूर्णबहादुर चन्द, उज्यालो नेपालबाट भीम कुमाल, नेपाल मजदुर किसान पार्टीबाट मीनु गिरी, आम जनता पार्टीबाट लक्ष्मीकुमारी विष्टले मनोनय दर्ता गराएका छन् ।

राष्ट्रिय जनमोर्चाबाट लालबहादुर कुँवर, राष्ट्रिय मुक्तीबाट लोकराज भट्ट, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट विष्णुप्रकाश उपाध्यायले मनोनय दर्ता गरेका छन् । हर्कबहादुर ऐर, वीरसिंह क्षेत्री र थानेश्वर लेखकले स्वतन्त्रबाट उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ताराप्रसाद जोशीले जानकारी दिनुभयो । रासस