१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा



अ+ अ-

बाँके।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मङ्गलवार उत्साहपूर्ण रुपमा उम्मेदवारले मनोनय दर्ता गरेका छन् । बाँकेका तीन क्षेत्रमा ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर १ मा १६, क्षेत्र नम्बर २ मा २२ र क्षेत्र नम्बर ३ मा २२ जनाको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट नारायण गौडेल, नेकपा (एमाले)बाट सूर्यप्रसाद ढकाल, नेपाली कम्युनिस्ट पार्टीबाट नरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेश चौधरी, राप्रपाबाट प्रदीपकुमार शाहलगायतले उम्मेदवारी दर्ता गरेका निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जानकारी दिनुभयो ।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट सुधांशु कोइराला, नेकपा (एमाले)बाट मोहमद इस्तियाक राई, नेपाली कम्युनिष्ट पार्टीबाट दिपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेककुमार श्रेष्ठ, राप्रपाबाट ऋषिराज देवकोटालगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट अमरसिंह पुन, नेकपा (एमाले)बाट सुमन मल्ल, नेपाली कम्युनिष्ट पार्टीबाट दिपक जीएम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खगेन्द्र सुनार र राप्रपाबाट तारकसिंह थारुलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

बाँकेमा क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय राप्तीसोनारी गाउँपालिकाको कार्यालयमा, क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्ज रामलिला मैदानस्थित पशु सेवा तालिम केन्द्रमा र क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय खजुरास्थित कपास विकास समितिको कार्यालयमा स्थापना गरिएको छ । रासस




भर्खरै