१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

इलाममा तीन महिलासहित २७ जनाको उम्मेदवारी

इलाममा तीन महिलासहित २७ जनाको उम्मेदवारी
अ अ+ अ-

इलाम। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि इलामका दुईवटा क्षेत्रमा तीन महिलासहित २७ जनाले उम्मेदवारी  दर्ता भएको छ ।

मङ्गलबार सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं २ को तथा सूर्योदय नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं १ को उम्मेदवारी दर्ता भएको हो ।

इलाम क्षेत्र नं १ मा दुई महिलासहित १३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिनुभयो । क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का काजीमान कागते, नेपाली कांग्रेसका निश्कल राई र नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बू, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुल्सी केशरी प्रजापति, मङ्गोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नारदमणी साङपाङ, जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवार र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बूको पनि उम्मेदवारी दर्ता भएको छ । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले महिलालाई उम्मेदवार बनाएको छ ।

यस्तै क्षेत्र नं २ मा एक स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका भेषराज आचार्य र नेपाली कम्युनिष्ट पार्टीका ओमबहादुर गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

त्यसैगरी श्रम संस्कृति पार्टीका सुदिप राई, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, मङ्गोल नेशनल अर्गनाइजेशनका श्याबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का होमप्रसाद खतिवडा, जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह मादेन (लिम्बू) र डाकप्रसाद गौतमको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।

यहाँ राष्ट्रिय जनमुक्ति पार्टीले मात्र महिलालाई उम्मेदवार बनाएको छ । जिल्लामा सबैभन्दा कान्छो उम्मेदवार  क्षेत्र नं २ मा रास्वपाका गोकुलबहादुर राई (३२ वर्ष) हुनुहुन्छ भने जेठो उम्मेदवार नेकपा (माओवादी) का होमप्रसाद खतिवडा (६८ वर्ष) हुनुहुन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाममा ६ हजार ९ सय ३२ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका २ लाख ३१ हजार ८ सय ९ मतदाता कायम भएका छन् । एक लाख १९ हजार ६ सय ४८ पुरुष, एक लाख १२ हजार १ सय ५८ महिला र ३  तेस्रोलिङ्गी मतदाता रहेका छन् ।

विसं २०७९ को  निर्वाचनमा इलाममा २ लाख २४ हजार ८ सय ७७ मतदाता थिए । आउँदो निर्वाचनका लागि क्षेत्र नम्बर–१ मा एक लाख १२ हजार ३ सय २० तथा क्षेत्र नम्बर–२ मा एक लाख १९ हजार ४ सय ८९ मतदाता रहेका निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिनुभयो । निर्वाचनका लागि इलाममा एक सय ९० मतदानस्थालमा २ सय ५० मतदान केन्द्र कायम भएको उहाँले बताउनुभयो । रासस