१७ श्रावण २०८३, आईतवार
,
Latest
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता २०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले… थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी विदाको दिनमा पनि राहदानी बनाउनेको भीड, अत्यावश्यक हुनेले मात्रै आवेदन दिन विभागको आग्रह काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा १०८ जनाको उम्मेदवारी



अ+ अ-

पर्सा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा एक सय आठ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले मङ्गलबार बेलुका ७ बजेसम्म चारवटै निर्वाचन क्षेत्रमा १०८ जनाको उम्मेदवारी परेको जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नम्बर १ मा ३० जनाको उम्मेदवारी दर्ता भएको छ ।

सो क्षेत्रमा नेपाली कांग्रेसबाट अनिल  रुगंटा, नेकपा (एमाले)बाट प्रदीप यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि पन्त, जनमत पार्टीका ओमप्रकाश सर्राफलगायतको उम्मेदवारी परेको छ ।

क्षेत्र नम्बर २ बाट ३२ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट अजयकुमार चौरसिया, नेकपा (एमाले)बाट रिमाकुमारी यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशिलकुमार कानुलगायतको उम्मेदवारी परेको छ ।

यस्तै क्षेत्र नम्बर ३ बाट २२ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ४ बाट २४ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसबाट रमेश रिजाल, नेकपा (एमाले)बाट जालिम मियाँ मंसुरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य, नेपाली कम्युनिष्ट पार्टीबाट जयप्रकाश थारुलगायतको उम्मेदवारी परेको छ ।