१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार

मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार
अ अ+ अ-

मोरङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी मोरङमा ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारले मङ्गलबार मनोनयन दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २१, क्षेत्र नम्बर ५ मा २२ तथा क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी परेको छ ।

मोरङ क्षेत्र नम्बर १ मा १८ जना उम्मेदवारले आफ्नो मनोनयन पत्र दर्ता गराउनुुभएको हो । उर्लाबारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमुख राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराउनुुभएको हो । नेपाली कांग्रेसबाट खड्गबहादुर फागु, नेकपा एमालेबाट घनश्याम खतिवडा, नेपाली कम्युनिष्ट पार्टीबाट कुलप्रसाद साम्वा तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट यज्ञमणि न्यौपानेले मनोनयन दर्ता गर्नुभएको हो । गत निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित हुनुुभएको थियो ।

त्यसैगरी मोरङ क्षेत्र नम्बर २ मा १७ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा नेपाली कांग्रेसबाट डा मिनेन्द्र रिजाल, एमालेबाट दीलिप बगडीया, नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रवीर राई र रास्वपाबाट कृष्णकुमार कार्की चुनावी मैदानमा उत्रिनुुभएको छ । चार जनाले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ । गत निर्वाचनमा यस क्षेत्रबाट ऋषिकेश पोखरेल विजयी बन्नुुभएको थियो ।

मोरङ क्षेत्र नम्बर ३ मा आज भएको मनोनयन दर्ताका क्रममा २१ उम्मेदवारले मनोनयन दर्ता गर्नुुभएको छ । यसमा १६ दल र पाँच स्वतन्त्र उम्मेदवार रहनुभएको छ । नेकपा एमालेबाट ईरान राई, नेपाली कम्युनिष्ट पार्टीबाट देउमान सम्बाहाम्फे, नेपाली कांग्रेसबाट सुनिलकुमार शर्मा, श्रम संस्कृति पार्टीबाट अमिर मगर, उज्यालो नेपाल पार्टीबाट मित्रसेन योञ्जन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश कार्की, राप्रपाबाट प्रेमप्रसाद सुवेदी, नेकपा (माओबादी)बाट खडगबहादुर कार्कीलगायतले मनोनयन दर्ता गराउनुुभएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अमनलाल मोदी, नेपाली कांग्रेसका गुरुराज घिमिरे, नेकपा (एमाले)का जिवन घिमिरेलगायत २१ उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मोरङ क्षेत्र नम्बर ५ मा २२ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट फुलकुमार लालवानी, एमालेबाट मनोज अग्रवाल, नेपाली कम्युनिष्ट पार्टीबाट शिवकुमार मण्डल, राष्ट्रिय ऊर्जाशील पार्टीबाट योगेन्द्र मण्डल, रास्वपाबाट आशा झालगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी मोरङ क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी दर्ताभएको छ । कांग्रेसबाट डा शेखर कोइराला, एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्र राय, रास्वपाबाट रुबिना आचार्यलगायत चुुनावी प्रतिस्पर्धामा उत्रिनुुभएको छ ।रासस