१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सुर्खेतका दुई निर्वाचन क्षेत्रमा ३० जनाको मनोनयन

सुर्खेतका दुई निर्वाचन क्षेत्रमा ३० जनाको मनोनयन
अ अ+ अ-

कर्णाली। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुर्खेतका दुई निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।

सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट १३ जना उम्मेदवारले मनोनयन दर्ता गर्दा क्षेत्र नं २ मा १७ उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नं १ म नेपाली कांग्रेसका विष्णुबहादुर खड्का, नेकपा (एमाले)का ध्रुवकुमार शाही, नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर राना, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठकुरीले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरी, नेकपा (माओवादी)का हिरू शाही, नेपाल मजदुर किसान पार्टीका गजबहादुर खप्तडी मगर, उज्यालो नेपाल पार्टीका ठम्मरबहादुर विष्ट, जनता समाजवादी पार्टी नेपालका धनसिंह सार्की, राष्ट्रिय जनमोर्चाबाट मोहन थापा, श्रम संस्कृति पार्टीका बीरबहादुर राना, आम जनता पार्टीका रमेश सेन्चुरी र मितेरी पार्टी नेपालका प्रकाश बुढामगरले मनोनयन दर्ता गरेको उहाँले बताउनुभयो ।

क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणकुमार कोइराला, नेकपा (एमाले)का कुलमणि देवकोटा, नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका कविराम पुरी, नेपाल मजदुर किसान पार्टीका तुलसी खड्काले मनोननय दर्ता गर्नुभएको निर्वाचन कार्यालय कर्णाली प्रदेश सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईले जानकारी दिनुभयो ।

त्यस्तै, नेकपा (माओवादी)का धर्मराज देवकोटा, जनता समाजवादी पार्टी नेपालका दीपबहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर शाही, नेकपा संयुक्तका प्रेम तारामी, श्रम संस्कृति पार्टीका राजेन्द्र राम्जाली, उज्यालो नेपाल पार्टीका गम्भीरसिंह भूल, गतिशील लोकतान्त्रिक पार्टीका पवनकुमार थापा र नेपाल जनसेवा पार्टीका हृदयचन्द्र अधिकारीले मनोनयन दर्ता गरेको उहाँले बताउनुभयो ।

सूचना अधिकारी चौलागाईका अनुसार क्षेत्र नं.२ मा उदिराम चुनारा, कृष्ण खत्री र रमेश परियारले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् ।रासस