३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रास्वपा कार्यकर्ताद्वारा गरिएको सांघातिक आक्रमणको एमालेद्वारा भर्त्सना

रास्वपा कार्यकर्ताद्वारा गरिएको सांघातिक आक्रमणको एमालेद्वारा भर्त्सना
अ+ अ-

झापा। अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नम्बर–५ मा उम्मेदवारी दिनबाट वञ्चित गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको भनि नेकपा (एमाले)ले खेद व्यक्त गरेको छ ।

नेकपा (एमाले) झापा क्षेत्र न ५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजक नारायण प्रसाद गौतमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै रास्वपाका कार्यकर्ताको व्यवहारले शान्तिपूर्ण र भयरहित चुनाव हुनेप्रति गम्भीर शंका व्यक्त गर्नुभएको छ ।

‘आगामी फागुन २१ गते संघीय निर्वाचनका निम्ति आज मंगलबार देशभर उल्लासमय रूपमा उम्मेदवारी मनोनयन भइरहेको बेला झापा क्षेत्र नम्बर ५, दमकमा दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूद्वारा हाम्रो पार्टी नेकपा (एमाले)का नेता तथा कार्यकर्तामाथि भएको सांघातिक आक्रमणप्रति खेद व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ– ‘निर्वाचन आयोगले सीमा तोकिदिएको स्थानलाई मिचेर हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार कमरेड केपी शर्मा ओलीलाई निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्न नदिने नियतले रास्वपाका कार्यकर्ताहरूद्वारा सांघातिक आक्रमण गरिएको छ। सांघातिक आक्रमणबाट तीन जना कमरेडहरु घाइते हुनुभएको छ । उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

‘जेनजी उपद्रवबाट लुटिएका सुरक्षाकर्मीहरुको सयौं हातहतियार बाहिरै रहेको, अपराधिक पृष्ठभूमिका कैदीबन्दीहरू बाहिर रहेको बेला हाम्रो पार्टीले भयरहित, शान्तिपूर्ण रुपमा चुनाव हुनेप्रति शंका गरिरहेको छ।

दमकमा आज रास्वपाका कार्यकर्ताहरुको हर्कतबाट त्यो शंकालाई थप पुष्टि गरेको छ । तसर्थ उत्पन्न परिस्थितिप्रति नेकपा (एमाले) सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ’, गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सांघातिक आक्रमणसँगै दुई जना कमरेडहरुको सुनको सिक्रीसमेत लुटिएको छ ।’

नेकपा (एमाले) जिम्मेवार पार्टी भएको नाताले हाम्रा नेता तथा कार्यकर्ता संयममित ढंगबाट चुनावी माहोलमा होमिएका छन् । हाम्रो पार्टीको संयमतालाई कमजोरीका रुपमा लिइन्छ भने भोली जुनसुकै परिस्थिति सृजना उत्पन्न हुन सक्ने र परिस्थितिको जिम्मेवार स्वयं रास्वपा र सरकार हुने पूर्वसचेत गराएको विज्ञप्तिमा उल्लेख छ । समाजमा अराजकता सृजना गर्ने जो कोहीलाई कानुनी दायरामा लिई कार्वाही गर्न सरकारसँग पार्टीले माग गरेको छ ।