१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कैलालीका पाँच निर्वाचन क्षेत्रमा ७९ जनाको उम्मेदवारी

कैलालीका पाँच निर्वाचन क्षेत्रमा ७९ जनाको उम्मेदवारी
अ अ+ अ-

सुदूरपश्चिम। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लाका पाँच निर्वाचन क्षेत्रमा ७९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज यहाँ मनोनयन दर्ता गराउनेमा १३ स्वतन्त्र र ६६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन् । उम्मेदवारहरूले आफ्ना समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारीको मनोनयनपत्र दर्ता गराउनुभएको हो ।

निर्वाचन क्षेत्र नं १ मा छ स्वतन्त्रसहित १९, क्षेत्र नं २ मा तीन स्वतन्त्रसहित १६, क्षेत्र नं ३ मा ११, क्षेत्र नं ४ मा एक स्वतन्त्रसहित १६ र क्षेत्र नं ५ मा तीन स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिनुभएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको  छ ।

सबै निर्वाचन क्षेत्रमा आज उम्मेदवारीको मनोनयन दर्ताको काम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । कैलाली निर्वाचन क्षेत्र–४ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सुदूरपश्चिममा राष्ट्रिय रूपमा चर्चित नेताहरूमध्ये अछाम क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावल, कञ्चनपुर–२ मा नेपाली कांग्रेसका नेता नरायणप्रसाद (एनपी) साउद र बैतडीमा कांग्रेससका चतुरबहादुर चन्द, नेकपा (एमाले) बाट दामोदर भण्डारीले उम्मेदवारी दिनुभएको छ ।

एक निर्वाचन क्षेत्र रहेको बाजुरा जिल्लामा एक स्वतन्त्रसहित सात, बैतडीमा दुई स्वतन्त्रसहित १२ र बझाङमा सात र दार्चुलामा आठ जनाले उम्मेदवारी दिनुभएको सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

पार्टीबाट टिकट नपाएर असन्तुष्ट भएका कतिपय आकांक्षीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । भदौ २३ र २४ गतेको जेनजी घटनापछिको परिवर्तित अवस्थामा भइरहेको निर्वाचनमा मनोनयन दर्तासँगै यसअघिका चुनावको तुलनामा यसपटक भिन्न र रोचक प्रतिस्पर्धा हुने नेता कार्यकर्ताको भनाइ छ ।

टिकट वितरणमा देखिएको असन्तुष्टि र आन्तरिक किचलोका कारणले पनि यसपालिको चुनाव रोचक बन्ने देखिएको स्थानीय भोजराज पाण्डेयले बताउनुभयो ।

सुदूरपश्चिमका सबै नौ जिल्लामा प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र छन् । पछिल्लो निर्वाचनमा नेपाली कांग्रेस आठ, नागरिक उन्मुक्ति पार्टी तीन, तत्कालीन नेकपा (एकीकृत समाजवादी) तीन, नेकपा (एमाले) दुई क्षेत्रमा विजयी भएको थियो । रासस