१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार



अ+ अ-

काठमाडौँ। निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१ वटा गाडी हस्तान्तरण गरेको छ ।

गृह मन्त्रालयमा आज अपराह्न आयोजित एक समारोहका बीच भारतीय राजदूतावासले गृहमन्त्रालयलाई ६१ वटा गाडी उपहारस्वरूप हस्तान्तरण गरेको हो ।

पहिलो चरणमा ६१ वटा गाडी ल्याइएको र बाँकी गाडी क्रमशः आउने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । भारत सरकारले ३८८ वटा गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

निर्वाचन अघि नै भारतले ३८८ वटा गाडी उपलब्ध गराउने जनाएअनुसार आउने क्रममा रहेको र आज ६१ वटा गाडी मन्त्रालयले प्राप्त गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनुभयो ।

उहाँले यसरी गाडी उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिनुभयो । उक्त सवारीले निर्वाचनलाई शान्तिपूर्ण बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने गृहमन्त्रीले बताउनुभयो । रासस