३ भाद्र २०८३, बुधबार
,
Latest
विद्युतमा लगाइएको भ्याट खारेजी र ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै हस्ताक्षर अभियान जारी रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञान निकेतनको दोश्रो जित



अ+ अ-

काठमाडौं । आयोजक ज्ञान निकेतनले १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजमा बुधबार दोश्रो जित हात पारेको छ । ज्ञान निकेतनले ट्रिनिटीलाई ६२–४४ ले पराजित गर्दै लगातार दोश्रो जित हात पार्याे । ज्ञान निकेतनका नयेन्द्र परियारले १७ अंक जोडे ।

प्लस टु ब्वाइजमै जेभियर इन्टरनेसनल कलेज, न्यु जेनिथ, रिलायन्स इन्टरनेसनल एकेडेमी, मोर्गन इन्टरनेसनल कजेज र नोबेल एकेडेमी विजयी भए । जेभियरले रोजबडलाई ६३–३२ को फराकिलो अन्तरले हरायो । विजयी टिमका लागि लियुश केसीले २० अंक जोडे । न्यु जेनिथले चाणक्यलाई ३५–२१ ले पाखा लगायो । न्यु जेनिथका अजय घलेले १३ स्कोर गरे । रिलायन्सले बर्न हार्टमाथि २२–२० को कठिन जित दर्ता ग¥यो । रिलायन्सका लोकमान गुरुङले १४ अंक बटुले ।

त्यस्तै मोर्गनले इन्साइट भिजनलाई ३८–२४ ले पन्छायो । मोर्गनका प्रसिद्ध गुरुङले ११ अंक जोडे । ग्लेसियर विरुद्धको खेलमा नोबेल ३१–२२ ले विजयी भयो । नोबेलका आयुश भण्डारीले १४ स्कोर गरे ।

यस्तै विश्व विद्या मन्दिर (बीबीएम) ले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सहज जित हात पारेको छ ।

बीबीएमले दीपिकालाई ९–० को भारी गोलअन्तरले पराजित ग¥यो । निशान तामाङले ह्याट्रिक तथा अजय राई र विवेक विडारीले समान २–२ गोल गरे । बाँकी गोल प्रवेश राई र प्रज्ज्वल राईले गरे ।

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगितामा नेपाल तारा र होली क्रसले सफलता पाए ।

नेपाल ताराले ग्रामरलाई ७–० गोलअन्तरले हरायो । सुदिप पाख्रिनले ३ तथा आशिष नेपाल, लुक्पा शेर्पा, भुवन श्रेष्ठ र आशिष दाहालले समान १–१ गोल गरे । होलीक्रसले कम्यकलाई ५–० गोलले पाखा लगायो । पुजन तामाङ र अमित खड्काले समान २–२ तथा सन्जिव तामाङले १ गोल गरे ।