११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव २६ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ८१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो ।

आज ३३९ कम्पनीको दुई करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर एक लाख १५ हजार १८१ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ एक दशमलव २४, विकास बैङ्क एक दशमलव ४५, वित्त शून्य दशमलव ९७, होटल तथा पर्यटन तीन दशमलव ३६, जलविद्युत् एक दशमलव ७७ र लगानी समूह दुई दशमलव ५४ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा एक दशमलव ८६, उत्पादन तथा प्रशोधन एक दशमलव ३९, लघुवित्त एक दशमलव ५४, म्युचुअल फन्ड एक दशमलव ०४, निर्जीवन बीमा एक दशमलव ६५, व्यापार शून्य दशमलव ३७ र अन्य समूह एक दशमलव ४४ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा गुर्खाज फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एसबिएल डिबेञ्चर २०८९ को शेयर मूल्य चार दशमलव २३ प्रतिशतले घटेको छ ।