१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिप्याडमा सोफा, राष्ट्रपतिसँग बाग्मती प्रदेशका उच्च अधिकारीको फोटो मोह !



अ+ अ-

हेटाैंडाः शहीद स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न मंगलबार हेटौडा पुगेकी राष्ट्रपति बिद्यादेबी भण्डारी सोफामा बसेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । पार्कको उद्घाटन गर्न हेलिकोप्टर चढेर हेटौंडा पुगेर फर्कने क्रममा फेरि प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्री सबै बिदाइ गर्न हेलिप्याडमा आए ।

उनीहरुले राष्ट्रपतिसँग फोटो खिचाउने रहर गरेपछि नजिकैको कार्यलयबाट सोफा बोकेर ल्याइयो । सोफामा राष्ट्रपतिलाई राखेर अरु लहरै उभिए। फोटो खिच्ने रहर त पूरा भयो तर हेलिप्याडमा नै सोफा राखेर फोटो खिच्ने कुरा भने असुहाउँदाे भएकाे भन्दै सामाजिक संजालमा तिब्र अालाेचना भएकाे छ ।