११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सा जिल्ला अदालतद्वारा रवि लामिछानेसँग १ करोड धरौटी माग



फाइल फोटो
अ+ अ-

काठमाडौँ । वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ।

न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक बहसपछि मंगलबार लामिछानेलाई अदालतमा उपस्थित गराएर धरौटी पेश गर्न आदेश दिएको हो। तहसिलदार देवराज भट्टराईका अनुसार, धरौटी बुझाएपछि उनी रिहा हुनेछन्, नत्र पुर्पक्षका लागि थुनामा बस्नुपर्नेछ।

जिल्ला सरकारी वकिलको कार्यालयले ११ करोड ५६ लाख रुपैयाँ बिगो मागदाबीसहित जेठ ३० गते अभियोगपत्र दर्ता गरेको थियो। लामिछानेसहित २९ जनामाथि संगठित अपराध निवारण ऐन २०७० बमोजिम थप सजाय मागिएको छ।

सहकारीको रकम सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो।