११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा उम्मेदवारी दर्ता गरे



अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि मंगलबार उनले निर्वाचन अधिकृतको कार्यालयमा औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका हुन्।

हालसम्म सुनसरी–१ बाट चार जना उम्मेदवारले मनोनयन दर्ता गराइसकेका छन्। उनीहरूमध्ये नेपाल मजदुर किसान पार्टीबाट महेश श्रेष्ठ, स्वतन्त्र उम्मेदवार देउमान लिम्बू, मंगोल नेशनल अर्गनाइजेसनबाट राजेन्द्र गुरुङ, र श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ रहेका छन्।

निर्वाचन अधिकृतका अनुसार मनोनयन दर्ता प्रक्रिया बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन भइरहेको छ र अन्तिम समयसम्म थप उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गर्ने सम्भावना रहेको छ।