१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल

हेटौँडा सिमेन्ट: उत्पादन छ बिक्री छैन

हेटौँडा सिमेन्ट: उत्पादन छ बिक्री छैन
अ अ+ अ-

हेटौँडा । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले उत्पादन गरेको सिमेन्टको बजारसँगै बिक्री पछिल्लो समय घट्दै गएको छ । सरकारी स्वामित्वको उद्योगको उत्पादनले गत आर्थिक वर्ष २०७५/७६ को पहिलो छ महिनाको अनुपातमा चालू आर्थिक वर्ष २०७६/७७ को पुस मसन्तसम्ममा बिक्रीमा ह्रास आएको हो । गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने गरेको दाबी गर्दै आएको उद्योगको उत्पादनको बिक्रीमा आएको ह्रासले उद्योग थप आर्थिक जोखिम र सङ्कटमा पर्ने देखिएको छ ।गत आर्थिक वर्षको पहिलो छ महिनामा भएको उत्पादनको हाराहारीमा उत्पादन भए पनि बिक्रीमा कमी भएको उद्योगका प्रशासनतर्फ नायब महाप्रबन्धक गणेश कोइरालाले जानकारी दिए ।

उनका अनुसार आइतबारसम्ममा छ लाख २१ हजार ३३७ बोरा सिमेन्ट बिक्री भएको छ । उनले भने, “निजी सिमेन्टहरूसँग गर्नुपर्ने अस्वस्थ प्रतिस्पर्धा, पुराना मेसिनरी उपकरणका कारण बढ्दो लागतलगायतका कारणले र अपेक्षाकृत बजार प्रवद्र्धन गर्न नसक्दा हेटौँडा सिमेन्टको बिक्री र बजार खुम्चिएको छ । ” गत आर्थिक वर्षको पहिलो छ महिनामा झन्डै १० लाख बोरा सिमेन्ट बिक्री भएकोमा चालू आर्थिक वर्षको पहिलो छ महिनामा तीन लाख ८८ हजार ९३९ बोरा कम सिमेन्ट कम बिक्री भएको छ । गत आर्थिक वर्षमा यो अवधिमा ५४ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गरेकोमा चालू आर्थिक वर्षमा ५० हजार मेट्रिक टन सिमेन्ट उत्पादन गरेको छ ।

उद्योगमा हाल ४० करोड रुपियाँ मूल्य बराबरको सिमेण्ट मौज्दात रहेको जनाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् महसुल र सेवा प्रवाहमा रहेको विभेदकारी व्यवस्थाले उद्योगको उत्पादन लागत बढेको उद्योग व्यवस्थापनको दाबी छ । प्रशासनतर्फका नायब महाप्रबन्धक कोइरालाले लोडसेडिङ अन्त्य भएको बताइए पनि अझै नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडरबाट विद्युत् उद्योगले प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउँदै यसले उत्पादन लागत बढाएको बताए ।

हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगमामात्र प्राधिकरणको डेडिकेटेड फिडरको विद्युत् महसुल बुझाउनुपर्ने यो व्यवस्था लागू छ, निजी उद्योगलाई छैन नायब महाप्रबन्धक कोइरालाले भने, प्राधिकरणको अदूरदर्शी र विभेदकारी नीतिबाट हामी पीडित भएका छौँ । प्राधिकरणलाई विद्युत् महसुल बढी बुझाउनुपर्दा सिमेन्टको लागत बढेको छ, सरकारी स्वामित्वका उद्योगको उत्पादनको लागत बढ्दा नोक्सानी पनि बढ्ने देखिएको छ कोइरालाले भने । हेटौँडा सिमेन्ट उद्योगले डेडिकेटेड फिडरका कारण हाल मासिक डेढ करोड रुपियाँ विद्युत् महसुलबापत बुझाउँदै आएको जनाएको छ ।

पुराना मेसिनरी र उपकरण, मकवानपुरको मजुवास्थित आफ्नै खानीबाट चुनढुङ्गा उत्खननमा स्थानीयको अवरोध र जनप्रतिनिधिहरूको असहयोग, प्राधिकरणको महँगो विद्युत् महसुलले उद्योगमाथि चुनौती थपिएको नायब महाप्रबन्धक कोइरालाले बताए । स्थानीयको अवरोधका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको मजुवास्थित खानीबाट उद्योगले यो वर्ष चुनढुङ्गा आपूर्ति गर्नसकेको छैन । उद्योगले चुनढुङ्गा खानीका लागि अधिग्रहण गरेको जग्गामा स्थानीयले अवरोध सिर्जना गरेपछि खानी उत्खननमा सहजताका लागि उद्योगको करिब तीन करोड रुपियाँको लगानीमा खानी वरपरको क्षेत्रमा सडक निर्माण गरे पनि अझै स्थानीयको अवरोध कायमै रहेको छ ।

उद्योगको उच्च गुणस्तरको चुनढुङ्गा आपूर्ति गर्ने खानीमध्येको एक मजुवा खानी हो । मजुवा खानीबाट चुनढुङ्गा आपूर्तिमा अवरोध भएपछि जोगिमारामा आपूर्ति गरिएको चुनढुङ्गाले भरथेग गरेर उद्योग चलाइएको छ । उद्योगको क्षमता वृद्धिसहित स्तरोन्नति र बिक्री एवं बजार प्रवद्र्धनको योजना बनाउँदै गरेको बताउँदै नायब महाप्रबन्धक कोइरालाले माघ महिनाभित्रमा उद्योग मन्त्रालयमा प्रस्ताव पेस गर्ने तयारीमा रहेको जानकारी दिए । गोरखापत्र दैनिकबाट