१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय



अ+ अ-

गण्डकी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन कास्कीमा सुरक्षा रणनीति तयार गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त एवं सुदृढ बनाउन तीनवटै सुरक्षा निकाय परिचालित हुने बताउनुभयो । “निर्वाचन केन्द्रित सुरक्षा योजना तयार भई कार्यान्वयनमा गइसकेको छ”, उहाँले भन्नुभयो ।

प्रजिअ शर्माका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीबाट गरी दुई हजार सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिनेछन् । त्यस्तै, दुई हजार ३०३ जना निर्वाचन प्रहरी परिचालनका लागि छनोट तथा नियुक्तिको प्रक्रिया सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन सुरक्षालाई दृष्टिगत गरी सुरक्षा निकायले नियमित गस्ती र सुरक्षा निगरानी बढाइएको प्रजिअ शर्माले बताउनुभयो । जिल्ला सुरक्षा समितिले मतदानस्थलको स्थलगत अनुगमन तथा निरीक्षण गरिरहेको उहाँको भनाइ छ ।

मतदातालाई सहज रूपमा आवतजावत गर्ने व्यवस्थाका लागि बाटोघाटो मर्मतसुधारका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको जनाइएको छ । आज हुने उम्मेदवारको मनोनयन दर्ताका लागि सुरक्षादेखि सबै व्यवस्थापकीय तयारी चुस्त बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् ।

कास्की–१ को रामघाट, कास्की–२ को ड्यामसाइड र कास्की–३ को मालेपाटनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिने कार्यालयका सहायक निर्वाचन अधिकृत राजन खनालले बताउनुभयो ।

भीडभाड हुन नदिन राजनीतिक दललाई आलोपालो गरेर मनोनयन दर्ताका लागि समय व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।रासस