१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी



अ+ अ-

स्याङ्जा। सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ।

कार्यालयले गत आर्थिक वर्ष २०८१÷८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।

दर्ता भएर सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका, लेखा परीक्षण नगरेका, साधारणसभा नगरेका, आर्थिक कारोबार नभएका र अब सञ्चालन हुन सक्ने स्थिति नभएका सहकारीको दर्ता खारेजी गरिएको सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले बताउनुभयो ।

कार्यालयले स्याङ्जा, गोरखा, तनहुँ, कास्की, म्याग्दी, लमजुङ, बागलुङ र पर्वतका निष्क्रिय सहकारीको दर्ता खारेज गरेको हो । दर्ता खारेज हुनेमा सबैभन्दा धेरै सहकारी स्याङ्जा जिल्लाका रहेका छन् । स्याङ्जामा आठ सहकारीको दर्ता खारेज भएको छ ।

स्याङ्जाका आठ वटै सहकारी चालु आर्थिक वर्षमा दर्ता खारेज भएका उहाँले जानकारी दिनुभयो । सहकारी रजिष्ट्रार रिजालका अनुसार गोरखामा ६, तनहुँमा ४, कास्कीमा ३, म्याग्दीमा २, लमजुङ, बागलुङ र पर्वतमा समान एक÷एकवटा सहकारीको दर्ता खारेज भएको हो ।दर्ता खारेज हुने सहकारीमा बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि, उपभोक्ता, सूचना तथा सञ्चार, विद्युत्, मौरीपालन, अदुवा उत्पादनका क्षेत्रमा काम गर्ने उद्देश्यसहित स्थापना गरिएका सहकारी छन् ।

“सहकारीको दर्ता खारेजका लागि सात वटाको प्रक्रिया पूरा भएको छ” उहाँले भन्नुभयो, “बाँकी १० सहकारी दर्ता खारेजीको थप प्रक्रियामा रहेका छन्, दर्ता खारेज हुने क्रम अझै बढ्छ ।”सहकारी रजिष्ट्रार कार्यालय पोखरामा हाल ८९० वटा सहकारी रहेका छन् ।

यसमध्ये ५८८ सहकारी अद्यावधिक भएर सञ्चालनमा छन् । ३०२ सहकारी निष्क्रिय छन् । सहकारीसंग जोडिएका विभिन्न विषयगत सङ्घ तथा सहकारी संस्था निष्क्रिय रहेका हुन् । ती निष्क्रिय रहेका सङ्घ तथा सहकारीमध्ये जिल्लामा मात्रै सङ्घ तथा संस्था गरी ५० निष्क्रिय छन् । रासस