१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

एमसीसी कुनै सैन्य गठबन्धनसँग जोडिएको छैन्: सञ्चारमन्त्री बाँस्कोटा

एमसीसी कुनै सैन्य गठबन्धनसँग जोडिएको छैन्: सञ्चारमन्त्री बाँस्कोटा
अ अ+ अ-

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै सैन्य गठबन्धनसँग नजोडिएको नेपाल सरकारले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन मार्फत् यस्तो जानकारी दिएका हुन् । सञ्चार मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले एमसीसी संसद्को पूर्ण बैठकबाट छिट्टै पारित हुने बताए । उनले एमसीसीमा सैन्य गठबन्धन जोडिएको छ भनेर ‘स्याल हुइयाँ’ गर्न आवश्यक नरहेको भनाइ राखे ।

‘हामी कसैको सैन्य गठबन्धनमा सामेल हुँदैनौं । सरकार राष्ट्रिय हित र स्वार्थमा केन्द्रित छ’, उनले भने, ‘हाम्रोमा विद्युत् उत्पादन अब धेरै हुन्छ, बजार चाहिन्छ, विद्युत् बजार विस्तारका लागि भारतसँग स्वीकृत लिएका छौं ।’ एमसीसी सैन्य गतिविधिसँग सम्बन्धित भए त्यो बुँदा खुलाउनसमेत मन्त्री बाँस्कोटाले चुनौती दिए । नेकपा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लिखित अमेरिकाको इन्डो प्यासिफिक रणनीति चीनलाई घेर्ने उद्देश्य भन्ने लाइनमा सरकारको असहमति रहेको उनले प्रस्ट पारे ।

‘नेकपाभित्र थुप्रै विचार छन् । पार्टीमा विभिन्न विचार आउन पनि सक्छन् तर हामीलाई कुनै शक्ति राष्ट्रको गठबन्धनसँग चासो छैन’, उनले भने, ‘सरकार र पार्टी फरक कुरा हो । पार्टीमा विभिन्न विचार र दृष्टिकोणबारे छलफल हुन सक्छ तर सरकारको नीति एउटै हुन्छ ।’ बाँस्कोटाले भेनेजुयला प्रकरणमा एउटा विज्ञप्ति निकाल्दा समस्या परेकोसमेत स्वीकार गरे । ‘हामीले नचाहिएका कुरा उठाएर जबरजस्ती स्थापित गर्न खोज्नु हुन्न, शक्ति राष्ट्रलाई उचाल्ने–पछार्ने पनि होइन’, उनले भने, ‘एउटा वक्तव्य दिँदा के भयो ? ’

इन्डो प्यासिफिक शब्द चर्चामा आउनुअघि नै एमसीसी नेपालमा आइसकेको बाँस्कोटाले दाबी गरे । ‘इन्डो प्यासिफिक शब्द सुनेको कहिलेदेखि हो ? सायद अमेरिकी राष्ट्रपति ट्रम्पको भियतनाम भ्रमणका बेलातिर होला जस्तो लाग्छ’, उनले भने, ‘हामीले जतिबेला यो सम्झौता गर्‍यौँ त्यतिखेर एमसीसी मात्रै थियो इन्डो प्यासिफिक थिएन ।’ संसद् सुरु भएसँगै एमसीसी पेस हुनेसमेत बाँस्कोटाले बताए । ‘संसद्मा लगिसक्यौं, अब संसद् जहिले सुरु हुन्छ तब पेस हुन्छ, यो कार्यान्वयनमा गइसक्यो ।’

पार्टी केन्द्रीय कमिटी बैठकबाट समेत पारित भएर एमसीसी अघि बढ्ने बाँस्कोटाको दाबी छ । ‘प्रधानमन्त्रीले पनि स्पष्ट भन्नुभएको छ, यो पास हुन्छ, संसद्ले पास गर्छ, केन्द्रीय कमिटीले यो पास गर्छ, त्यति हो कुरा’, उनले भने । अन्नपुर्णपोष्ट दैनिकबाट