१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

वित्तीय बजारमा १० अर्ब रुपियाँ पठाउँदै केन्द्रीय बैङ्क

वित्तीय बजारमा १० अर्ब रुपियाँ पठाउँदै केन्द्रीय बैङ्क
अ अ+ अ-

काठमाडौँ । बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभाव न्यून गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा रिपोमार्फत १० अर्ब रुपियाँ बजारमा पठाउन लागेको छ । केन्द्रीय बैङ्कले बैङ्किङ प्रणालीमा तरलता सन्तुलन राख्नकै लागि बिहीबार १० अर्ब रुपियाँ पठाएको हो । केन्द्रीय बैङ्कले एक हप्ता अवधिका लागि जारी गरेको रिपो आगामी बिहीबार परिपक्व हुनेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत बिहीबार अपरान्ह ३ बजेभित्र बोलकबोलमा सहभागी भएका थिए ।

बैङ्क तथा वित्तीय संस्थाहरूले साढे चार प्रतिशत वा सोभन्दा बढी ब्याजदरमा आवेदन गर्न सक्नेछन् । साढे चार प्रतिशत वा सोभन्दा कम ब्याजदर कबोल गरी पेस भएका बोलपत्र रद्ध गरिने बताइएको छ । वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैङ्कले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ । यसअघि पनि गत माघ ७ गते एक साताका लागि २० अर्ब रुपियाँको रिपो जारी गरेको थियो ।

पाँच महिनामा ३० अर्ब रुपियाँ तरलता प्रशोचन: राष्ट्र बैङ्कले पाँच महिनामा खुला बजार कारोबारमार्फत कुल ३० अर्ब रुपियाँ तरलता प्रशोचन गरेको छ । आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा खुला बजार कारोबारमार्फत कुल ३० अर्ब रुपियाँ तरलता प्रशोचन गरिएको हो । अघिल्लो वर्षको सोही अवधिमा एक सय अर्ब ३५ करोड रुपियाँ तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा रिपोमार्फत ३९ अर्ब ५२ करोड रुपियाँ र स्थायी तरलता सुविधामार्फत ५० अर्ब ५५ करोड रुपियाँ गरी कुल ९० अर्ब सात करोड रुपियाँ तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा स्थायी तरलता सुविधामार्फत पाँच अर्ब ७२ करोड रुपियाँ तरलता प्रवाह भएको थियो ।

समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्क) बाट अमेरिकी डलर एक अर्ब ४२ करोड खुद खरिद गरी १६१ अर्ब ९९ करोड रुपियाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब १० करोड खुद खरिद गरी १२६ अर्ब ६४ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर एक अर्ब ७२ करोड बिक्री गरी १९५ अर्ब ३२ करोड बराबरको भारतीय रुपियाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब ७४ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी २२० अर्ब १६ करोड रुपियाँ बराबरको भारतीय रुपियाँ खरिद गरिएको थियो ।

यस्तै २०७६ असार मसान्तमा १०३८ अर्ब ९२ करोड रुपियाँ रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०७६ मङ्सिर मसान्तमा १०८८ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७६ मङ्सिर मसान्तमा नौ अर्ब ६३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९०२ अर्ब ४४ करोड रुपियाँ रहेकोमा २०७६ मङ्सिर मसान्तमा ९४६ अर्ब २९ करोड रुपियाँ पुगेको छ ।

बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १३६ अर्ब ४७ करोड रुपियाँ रहेकोमा २०७६ मङ्सिर मसान्तमा १४२ अर्ब तीन करोड रुपियाँ पुगेको छ । २०७६ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अङ्श २३.५ प्रतिशत रहेको छ । गोरखापत्र दैनिकबाट