१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्वारा खोला किनारबाट थप २० मिटर संरचना निषेध गर्ने फैसला उल्ट्याइयो



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले नदी तथा खोलाको किनारबाट मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्डबाहेक थप २० मिटरसम्म कुनै संरचना बनाउन नपाइने भनी गरिएको अघिल्लो फैसला उल्ट्याएको छ।

न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले यसअघिको संयुक्त इजलासको उक्त फैसला कानुन र न्यायसंगत नदेखिएको ठहर गर्दै उल्ट्याउने निर्णय गरेको हो।

सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ तयार हुन समय लाग्ने जनाउँदै हाललाई संक्षिप्त आदेश मात्र जारी गरेको छ।

यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले मन्त्रिपरिषद्ले तोकेको मापदण्डभन्दा अतिरिक्त रूपमा नदी तथा खोलाको दायाँ–बायाँ थप २० मिटर क्षेत्र खाली राख्नुपर्ने फैसला गरेको थियो। उक्त फैसलाविरुद्ध पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।