१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

साढे चार दशकदेखि सुन्तला खेती

साढे चार दशकदेखि सुन्तला खेती
अ अ+ अ-

वालिङ । आम्दानीको मुख्य स्रोतका रुपमा रहेको सुन्तला बिक्री गरेर यहाँका एक सुन्तला व्यवसायीले २३ लाख बढी आम्दानी गर्नुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका– ७ सिरौँसाका भूपराज भण्डारीले यस वर्ष सुन्तला बिक्रीबाट तेइस लाख १७ हजार आम्दानी गर्नुभएको हो ।

सुन्तला व्यवसायी भण्डारीले यसपटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी रु २३ लाख १७ हजार आम्दानी गरेको बताउनुभयो । शुरुमा प्रतिकेजी रु ५० र अहिले प्रतिकेजी रु ८० का दरले बगैँचाबाट नै सुन्तला बिक्री गरेर उक्त आम्दानी गर्नुभएको ।

तीन वर्षमा क्रमशः २२ लाख, १७ लाख र २२ लाख सुन्तला बिक्री गर्दै आउनुभएका भण्डारीको आम्दानीको मुख्य स्रोत भनेकै सुन्तला हो । “गत वर्ष ४२ रोपनी क्षेत्रफलमा एक हजार ५०० सुन्तलाका बोट थिए जसमा ९०० फलेका थिए”, भण्डारीले भन्नुभयो, “यस वर्ष सात रोपनीमा थपेर २०० बोट लगाएको छु र पुराना मरेका ठाउँमा १०० बोट थप गरेको छु ।”

पुराना बोट हटाउने र उक्त ठाउँमा नयाँ बोट लगाउनाले सुन्तलाबाट वार्षिकरुपमा हुँदै आएको आम्दानी नघट्ने भण्डारीको भनाइ थियो । बुबाले ४५ वर्षदेखि थाल्नुभएको सुन्तलाखेतीलाई भण्डारीले व्यावसायिकरुपमा अगाडि बढाउनुभएको हो । यहाँ उत्पादन भएको सुन्तला बुटवल, पोखरा, नवलपरासी, नारायणगढदेखि व्यापारी सुन्तला खरिदका लागि सुन्तला बगैँचामा आउने गरेका भण्डारीले बताउनुभयो ।