१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

भ्रमण वर्ष सफल बनाएरै छाड्छौं : पूर्वमन्त्री पण्डित

भ्रमण वर्ष सफल बनाएरै छाड्छौं : पूर्वमन्त्री पण्डित
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि विभिन्न सरोकारवाला निकाय आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्ने धारणा राखेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर–२ दोलखास्थित् प्रेम पूर्ण प्रताप फाउण्डेशन नेपालले ‘भ्रमण वर्ष–२०२०’ लाई सफल पार्नको लागि नेपाल सरकार, गैरसरकारी संस्था र व्यक्तिहरु सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् । उनले भने,‘भ्रमण वर्षलाई असफल पार्नको लागि एक खालको समूह लागिपरेको छ । ती समूहलाई रोक्नको लागि सरकार प्रतिबद्ध र कटिबद्ध छ ।’

भ्रमण वर्ष सफल बनाउनको लागि वर्तमान सरकार गम्भिर भएर लागिपरेको उनको धारणा छ । वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई साकार पार्नको लागि त्यहीअनुसार काम गरिरहेको पनि पूर्व मन्त्री पण्डितले विश्वास दिलाए । उनले नेपाल पर्यटनको सम्भावना बोकेको देश भएकोले प्रत्येक नागरिक र सरोकारवालाहरुले भ्रमण वर्षलाई प्रोत्साहन गर्नुपर्ने स्पष्ट पारे । उनले भने,‘नेपाल एउटा सुन्दर मुलुक हो । नेपाल भ्रमणको लागि विश्वमै उपयुक्त गन्तव्य हो भन्ने सन्देश हामीले विश्वभरि नै फैलाउनुपर्छ ।’ उनले भ्रमण वर्ष सफल पार्नको लागि प्रेम पूर्ण प्रताप फाउण्डेशन नेपालले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरेका थिए ।
त्यस्तै, फाउण्डेशनले ब्राण्ड एम्बासडरको रुपमा अघि बढाएका ‘नेपाली माईकल ज्याक्सन’ को उपनामले चिनिने कलाकार रेवन सापकोटाले गरेका कामको समेत पण्डितले प्रशंसा गरेका थिए ।

कार्यक्रममा हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले कलाकारहरुको माध्यमबाट भ्रमण वर्ष सफल पार्नको लागि देशव्यापी रुपमा कार्यक्रमहरु भैरहेको सुनाए । राज्यले पनि कलाकारहरुलाई उचित सम्मान दिनुपर्ने उनको भनाई छ । ‘अहिले राज्यले कलाकारहरुलाई उपेक्षा गरेकोजस्तो देखिएको छ, यस्तो गर्नुभएन् । आगामी दिनमा कलाकारहरुलाई सरकारले उचित सम्मान दिओस् ।’–सिम्खडाले भने ।
त्यस्तै, कार्यक्रममा सामाजिक अभियन्ता पु०य गौतम, अधिवक्ता प्रविन प्रधान, फाउण्डेशनकी उपाध्यक्ष शान्ति श्रेष्ठ र फाउण्डेशनकी कोषाध्यक्ष देवी गुरुङले भ्रमण वर्ष सफल पार्नको लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने धारणा राखेका थिए । फाउण्डेशनका अध्यक्ष शिवजी प्रधानले आफूहरुको मुख्य लक्ष्य भनेको नेपाल सरकारले घोषणा गरेर अघि बढाएको ‘भिजिट नेपाल–२०२०’ लाई सफल तुल्याउन भूमिका खेल्ने र कलाकार रेवन सापकोटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा अघि बढाउनु रहेको सुनाए । भ्रमण वर्ष सफल बनाउनको लागि आफूहरुको फाउण्डेशनका संस्थापक संरक्षक पद्यमा प्रधानले संयुक्त राज्य अमेरिकामा बसेरपनि सहयोग प्रदान गरेको अध्यक्षले सुनाए ।

कलाकार रेवन सापकोटाले नेपाल सरकारले सुरु गरेको भ्रमण वर्षलाई सफल तुल्याउनको लागि त्यसको प्रचारप्रसारमा विभिन्न देशसमेत पुगेको सुनाए । उनकाअनुसार चीन र भारतका विभिन्न पर्यटकीयस्थलमा पुगेका छन् । त्यस्तै, नेपालमा पनि देशव्यापी रुपमा आफू अभियानमा हिँडिरहेको उनले सुनाए ।
आजको पत्रकार सम्मेनलको सञ्चालन फाउण्डेशनका सदस्य राजन बस्नेतले गरेका थिए । बस्नेतका अनुसार उक्त फाउण्डेशनले शिक्षा, स्वास्थ्य, संस्कृति, कला र पर्यटनसम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । त्यस्तै, फाउण्डेशनले सेवा निवृत्त तथा बृद्धहरुको संरक्षण अभियानसमेत चलाउँदै आएको छ ।