१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

श्रीकृष्ण गिरीलाई उन्मुक्ति दिन ठुलै प्रपञ्च रचियो : थापा

श्रीकृष्ण गिरीलाई उन्मुक्ति दिन ठुलै प्रपञ्च रचियो : थापा
अ अ+ अ-

काठमाडौं । शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाले यही माघ २२ गतेसम्मपनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि लागेको भ्रष्टाचारमाथि छानबिन भएर कारबाही नभए आफू अनशन बस्ने घोषणा गरेका छन् । गिरीमाथि भ्रष्टाचार गरेको आरोप लागेपछि आफूहरुले यसअघि घोषणा गरेका सामाजिक बहिष्कार लगायतका कार्यक्रमहरु सफल रुपमा सम्पन्न भएको पनि थापाले जानकारी दिए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले यही माघ २२ गतेसम्म पनि गिरीमाथि कारबाही नभए आफूले आमरण अनशन सुरु गर्ने चेतावनी दिएका हुन् । उनले भने,‘माघ २२ गतेसम्मप नि गिरीमाथि कारबाही भएन भने म त्यही दिन पत्रकार सम्मेनलको घोषणाा गरेर अनशन बस्छु ।’ उनले आयोगको ढोकैमा अनशन बस्ने जानकारी गराएका हुन् ।

आयोगका उपाध्यक्ष डा. गिरीलाई उन्मुक्ति दिलाउनको लागि विभिन्न प्रपञ्च रचिएको र बि.एण्ड.सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई कानूनी डण्डा देखाएर तर्साउन खोजिएको भन्दै थापाले आपत्ति जनाए । उनले भने,‘कारबाही गर्ने हिम्मत भए मलाई गरे हुन्छ।’ उनले अघि भनेका छन्,‘घुस मागेको आरोप लागेका चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरिमाथि कुनै छानबिन नहुने अनि जोसँग घुस मागिएको छ अर्थात (मेडिकल संचालक) जो स्वम पीडित भएँ भनेर न्याय माग्दै छ्न । उसैलाई चै कानुनी डन्डा देखाएर तर्साउनेजस्ता क्रियाकलाप झनै रहस्यमय, षड्यन्त्रपुर्ण रहेको ठहर गरेका छौँ। करोड घुस माग्ने चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरि घुस्याहालाई उन्मुक्ति दिन ठुलै प्रपन्च रचियो।’

थापाले विभिन्न ११ बुँदे मागपनि अघि सारेका छन् । उनले अघि सारेको पहिलो मागमा मेडिकल कलेजलाई सम्बन्धन दिन २० (बीस करोड)घुस मागेको आरोपित भ्रष्ट प्रा.डा श्रीकृष्ण गिरीलाई तत्काल बर्खास्त गरि छानबिन गरेर कडा भन्दा कडा कारबाही गरिनुपर्ने रहेको छ ।