२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई लाख आँखाका बिरामीलाई सेवा



अ+ अ-

लमही । नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रले गत एक वर्षमा दुई लाख ४३ हजार ९०४ जनालाई आँखा उपचार सेवा प्रदान गरेको जनाएको छ ।

सन् २०१९ को जनवरीदेखि डिसेम्वरसम्म अस्पताल तथा उपचार केन्द्रले सो सेवा प्रदान गरिएको राप्ती आँखा अस्पतालले जनाएको छ । त्यस्तै निःशुल्क आँखा शिविर, बाह्य कार्यक्रमअन्तर्गत सन् २०१९ मा ४९ हजार ९०० जना आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।

अस्पतालले सन् २०१९ मा १३ हजार २८६ जनाको आँखामा लागेको मोतियाबिन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ । दुई हजार ३९२ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको थापाले जानकारी दिनुभयो । दातृ निकाय, स्थानीय निकाय नेपाल सरकारको सहयोगमा आर्थिक अभावका कारण उपचार सेवा पाउन नसकेका मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरेको वरिष्ठ प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो । अस्पतालले सन् २०१९ मा दुई हजार ५०५ जनाको सामान्य आँखाको शल्यक्रिया गरिएकोे छ । अस्पतालले २० वटा स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरी नौ हजार ५६५ बिरामीको जाँच गरिएको छ ।

त्यस्तै अस्पतालले सन् २०१९ मा हेल्थपोष्ट तथा सब हेल्थपोष्टका इञ्चार्ज, महिला स्वास्थ्य स्वयंसेविका, आमासमूह औषधि बिक्रेता, धाँमीझाँक्री, नर्सिङ विद्यार्थी, जनप्रतिनिधि, शिक्षक र सञ्चारकर्मी गरी ४२५ जनालाई प्राथामिक आँखा स्वास्थ्य शिक्षा तालिम दिइएको छ ।

“समाजका सबै सरोकारवालालाई आँखा स्वास्थ्यसम्बन्धी जानकारी दिन प्रथामिक आँखा स्वास्थ्य शिक्षा तालिम दिने गरेका छौँ । यसले गर्दा आँखामा समस्या देखियो भने अस्पताल जानुपर्छ भन्ने सचेतना दिएको छ”, वरिष्ठ प्रशासकीय अधिकृत थापाले भन्नुभयो । अस्पतालले २५ वटा स्कुलमा आँखा जाँच कार्यक्रम सञ्चालन गरी १५ हजार ९९ जना विद्यार्थीको आँखा जाँच गरिएको र चस्मा लगाउनुपर्ने ६३७ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको अस्पतालले जनाएको छ ।