१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

रसुवामा कोरोना भाइरस नभएको पुष्टि

रसुवामा कोरोना भाइरस नभएको पुष्टि
अ अ+ अ-

रसुवा । रसुवा जिल्लामा कोरोना भाइरसका सङ्क्रमित बिरामी हालसम्म फेला नपरेको चिकित्सकले बताएका छन् । रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले नेपाल–चीन छिमेकी देशबीचका नागरिक आवतजावत गर्ने सीमा क्षेत्र भए पनि जिल्लामा कोरोना भाइरसका बिरामी हालसम्म फेला नपरेको स्पष्ट गर्नुभयो ।

चिकित्सकको प्रमाणित बेगर अन्य कुनै पनि व्यक्तिले यो रोग र त्यो रोग भनी व्याख्या गर्नु गलत हुनेहुँदा कोही कसैले गरेका टीकाटिप्पणी एवं हल्लाको पछि नलाग्न रसुवावासीलाई आग्रह गरिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

उपचारका क्रममा अस्पताल आएका एक बिरामीको कोरोना भाइरसको आशङ्का भन्ने बिहीबारको हल्ला पुष्टि नभएको र उनको थप उपचारार्थ उपकरणयुक्त काठमाडौँस्थित टेकु अस्पताल पठाइएको रसुवा अस्पतालले जनाएको छ ।

उपचारार्थ आउने बिरामीमध्ये जटिल अवस्था भएकालाई परीक्षण उपकरणको अभाव अवस्थामा मात्र काठमाडौँ पठाइएको र अन्यको उपचार स्थानीय अस्पतालमा भइरहेको अस्पतालले जनाएको छ ।

हिमपातको असरले रसुवामा चिसो बढिरहेका कारण ज्वरो तथा रूघाखोकी जस्ता समस्या बढ्नसक्ने भएकाले चिकित्सकको प्रमाणित बेगर त्रास फैलिने खालका हल्ला नगरिदिन सम्बद्ध सबै पक्षसँग विनम्रतापूर्वक आग्रह गरिएको समेत डा खरेलले बताउनुभयो ।

चीनमा फैलिएको उक्त भाइरस सीमा क्षेत्रबाट नेपालमा सर्न नदिन यही माघ १५ गतेदेखि १५ दिनका लागि चिनियाँ अधिकारीले रसुवागढीदेखि केरूङसम्मको २४ किलोमिटर राजमार्ग क्षेत्रको आवतजावतमा रोक लगाइसकेको सीमासुरक्षा अधिकारीले बताएका छन् ।

सीमा क्षेत्रका चिनियाँ अधिकारीले आवतजावतमा रोक लगाएपछि माघ १५ गतेदेखि सवारी साधन र मानिसको आवतजावत पूरै रोकिएको र सामान खरिदका लागि मितेरी पुलपारि गढीबजारसम्म आवतजावत भने भइरहेको बताइएको छ । 

चीनसँग सिमानासँग जोडिएको भए पनि रसुवामा भाइरसको सङ्क्रमण हालसम्म नभेटिएको र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रोग नियन्त्रणका लागि सीमा क्षेत्रमै विभिन्न प्रयास भइरहेकाले हल्लाको पछि नलाग्न रसुवावासीलाई आग्रह गरिएको सहायक प्रजिअ सपनाकुमारी भट्टराईले बताउनुभयो । 

भर्खरै प्राप्त जानकारीअनुसार रसुवा अस्पतालले गएराति पठाएको बिरामीको समस्या परीक्षण गरी हेर्दा उहाँलाई कोरोना भाइरस नभई दमको पुरानो समस्याले ज्वरो तथा खोकी लागेको पाइएको स्वास्थ्य मन्त्रालय सरूवा रोग नियन्त्रण महाशाखा टेकुका सरूवा रोग विषेशज्ञ डा अनुप बास्तोलाले जानकारी दिनुभयो ।