१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

चीनका लागि नेपाली राजदूत पौडेललाई भ्रष्टाचारमा कारबाही सिफारिश

चीनका लागि नेपाली राजदूत पौडेललाई भ्रष्टाचारमा कारबाही सिफारिश
अ अ+ अ-

काठमाडौं । बालुवाटारको ललिता निवासले चर्चेको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई पनि कारबाहीको सिफारिश गरिएको छ । समाचारअनुसार प्रहरीले पूर्वमुख्य सचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई पनि कारबाही सिफारिश गरेको हो । उनीसहित ४० जनाभन्दा बढीलाई कारवाही गर्न सिफारिस गरेको हो ।

चीनका लागि नेपाली राजदूत लिलामणी पाैडेल । तस्वीरः रासस

अनुसन्धान गरि सकेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुले कीर्ते गरेर नक्कली मोही खडा गरी सरकारी सम्पत्तिमा हानी पुराएको निष्कर्ष निकालेको बुझिएको छ ।

उक्त प्रहरी ब्युरोले गरेको अनुसन्धानको प्रतिवेदन आईजीपी सर्वेन्द्र खनाल र डीआईजी निरजबहादुर शाहीले बिहीबारै गृह मन्त्रालयमा बुझाइसकेको प्रहरीको विशेष स्रोतले जानकारी दियो । उक्त जग्गाको बेचबिखनको ‘निर्णय प्रक्रियामा संलग्न रहेका कर्मचारीहरु मोही लगायत दर्जनौं व्यक्तिलाई कारबाहीका लागि सिफारिस गरेको बताइएको छ ।

यसरी कारबाहीका लागि सिफारिश गरिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसह–सचिव कलाधर देउजा, गेहनाथ भण्डारी सुधीर शाह आदि छन् ।

यसैगरी सो जग्गाको योजनाकार शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनी सुपर मोर्कटका मीनबहादुर गुरुङ, तत्कालीन मालपोत अधिकृत हुपेन्द्रमणि केसी, भोगाधिकारी रुक्मशमशेर राणा, हेमाद्री राणा, गेहनाथ भण्डारीलाई पनि कारबाही गर्नुपर्ने भनी सिफारिश गरिएको छ ।

उनीहरुमाथि कीर्ते जालसाँझी, सरकारी सम्पत्ति हिनामिना र ठगीको कसूर अनुसन्धानले देखाएको छ । अनुसन्धानका क्रममा करिब एक सय जनासँग बयान लिएको तर अधिकांशले आरोप अस्वीकार गरेका पनि सो समाचारमा जनाइएको छ ।