१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
अ अ+ अ-

काठमाडौं। गोल्डेनपिक, इडेन ब्रिज एकेडेमी (इबीए) र डिफेन्डिङ च्याम्पियन रिब्सले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

गोल्डेनपिक सिनियर ब्वाइज, इबीए जुनियर ब्वाइज र रिब्स सिनियर गल्र्समा च्याम्पियन बने ।

गोल्डेनपिक र इबीए अपराजित रहँदै च्याम्पियन बने भने रिब्स समूह चरणमा १ खेलमा पराजित भएको थियो । गोल्डेनपिकले पहिलो संस्करणपछि पहिलोपटक सहभागिता जनाएको हो । इबीए पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भयो ।

बुद्धनगरस्थित आयोजक केएमसीमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले बाल दीक्षा सदनलाई ४८–४५ को झीनोअन्तरले पराजित ग¥यो । गोल्डेनपिकका विजय तामाङले २१ अंक जोडे ।

जुनियर ब्वाइजको फाइनलमा इबीएले ग्रिनफिल्डलाई ४१–२१ ले हरायो । इबीएका दिग्विजय पुरीले ११ स्कोर गरे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा रिब्सले चेल्सी वल्र्ड स्कुललाई २५–२१ ले पाखा लगाउदै उपाधि रक्षा ग¥यो । रिब्सकी सुप्रिया मल्लले ११ अंक जोडिन् । उपाधिसंगै रिब्सले चेल्सीसंग समूह चरणमा व्यहोरेका हारको बद्ला पनि लियो ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय विजय, दिग्विजय र सुप्रिया आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा नेपाल सेन्ट्रल, सिनियर गल्र्समा मानाङ्क चिल्ड्रेन र जुनियर ब्वाइजमा गोल्डेन फ्लावरले ‘स्पिरिट अफ केएमसी बास्केटबल अवार्ड’ हात पारे ।

विजेतालाई बागमती प्रदेशीकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतम, केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराई, निर्देशक एसोसिएट प्रोफेसर डा. मनोजकुमार थापा र प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पुस २७ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर÷जुनियर ब्वाइजमा समान १२–१२ तथा गल्र्समा ८ टिम सहभागी थिए ।