१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सोफिया केनिनले जितिन अस्ट्रेलियन ओपनको उपाधि

सोफिया केनिनले जितिन अस्ट्रेलियन ओपनको उपाधि
अ अ+ अ-

काठमाडौंः अमेरिकी महिला लनटेनिस खेलाडी सोफिया केनिनले महिलातर्फको अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् । शनिबार मेलबर्न पार्कमा खेलिएको फाइनलमा केनिनले उपाधिकी प्रबल दाबेदार मानिएकी गार्बिन मुगुरुजालाई २-१ को सेटमा पराजित गरिन् । पहिलो सेट ४-६ ले गुमाएकी १४औं वरियताकी सोफियाले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेकी थिइन् । उनले दोस्रो र तेस्रो सेट ६-२, ६-२ ले जितेकी थिइन् ।

साेफिया केनिन, अस्ट्रेलियन अाेपनकाे उपाधिका साथ (तस्वीरः AP Photo/Dita Alangkara)

२१ वर्षीया सोफियाले सेमिफाइनलमा विश्व नं. १ आश बार्टीलाई पराजित गरेपनि उनले फाइनल जित्ने खासै अड्कल गरिएको थिएन । उनी यो जितसँगै अब विश्व नं. ७ मा उक्लिने छिन् । सन् १९९८ मा मस्कोमा जन्मिएकी सोफियाका मातापिता रुसी हुन् । उनीहरु सन् १९८० को दशकमा अमेरिका बसाइँ सरेका थिए, तर छोरी जन्मिने समयताका उनीहरु रुसमै थिए । तर छोरी जन्मिएसँगै उनीहरु अमेरिकाको फ्लोरिडा फर्किए ।मुगुरुजा यसपटक अस्ट्रेलियन ओपनमा सशक्त उम्मेदवार थिइन् । विगतमा विश्व नं. १ रहेकी मुगुरुजाले सन् २०१६ मा फ्रेन्च ओपन र २०१७ मा विम्बल्डन ओपन जितिसकेकी छिन् ।

स्पेनी खेलाडी मुगुरूजा खेलमा पराजित भएपछि निराश मुद्रामा पत्रकार सम्मेलनमा । अाफूले पर्याप्त शक्ति लगाएर खेल्न नसकेकाे स्वीकार । (तस्वीरः AP/Andy Brownbill)

पुरुषतर्फको फाइनल आइतबार
आइतबार पुरुषतर्फको फाइनल खेल हुँदैछ । मेलबोर्न पार्कमा हुने यस खेलको फाइनल भिडन्त डिफेन्डिड च्याम्पियन नोभाक जोकोभिक र अस्ट्रियाली २६ वर्षीय खेलाडी डोमिनिक थाइमबीच हुँदैछ । नोभाक आठौं पटक अस्ट्रेलियन ओपनको उपाधि जित्ने अभियानमा छन् ।