२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको अविजित यात्रा जारी, साउथह्याम्प्टन पराजित



अ+ अ-

काठमाडौंः इङलिस प्रिमियर लिगको शनिबार राति खेलिएको खेलमा लिग लिडर लिभरपुलले साउथह्याम्प्टनलाई ४-० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित रहेको खेलमा दोस्रो हाफमा लिभरपुलले गोलको वर्षा नै गरेको थियो ।

Image

पहिलो गोल अलेक्स चेम्बरलिनले ४७औं मिनेटमा गरेका थिए । तर मोहम्मद सलाहले ७२ र ९० औं मिनेटमा २ गोल गरेका थिए भने हेन्डरसनले ६०औं मिनेटमा एक गोल गरेका थिए । यो जितसँगै लिभरपुलको २५ खेलबाट ७३ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यान्चेस्टर सिटीभन्दा लिभरपुलको अग्रता २२ अंक भएको छ । सिटीको ५१ र तेस्रो स्थानको लेस्टरको ४९ अंक छ ।

अन्य खेलहरु
लेस्टर – चेल्सी (२-२)
बर्नमाउथ – एस्टनभिल्ला (२-१)
न्यूक्यासल – नर्विच (0-0)
एभर्टन – वाटफोर्ड (३-२)
ब्राइटन – वेस्टह्याम (३-३)
सेफिल्ड युनाइटेड – क्रिस्टल प्यालेस (१-०)

Image