१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

नेपाली नागरिकलाइ चीनबाट फर्काउने सरकारकाे तयारी

नेपाली नागरिकलाइ चीनबाट फर्काउने सरकारकाे तयारी
अ अ+ अ-

काठमाडौं । चीनमा रहेका विद्यार्थी फर्काउन सरकारले थालेको पहल र नेकपाको जारी केन्द्रीय समिति बैठक आइतबारका दैनिक अखबारहरुले महत्व दिएर छापेका छन् । तिब्बती नागरिकलाई ट्राभल डकुमेन्ट दिन अमेरिकी दबाब शीर्षक दिएर कान्तिपुरले मुख्य समाचार छापेको छ । नेपालस्थित अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृह मन्त्रालयलाई पत्राचार गरेको समाचार छ । दूतावासले परराष्ट्र हुँदै गृह मन्त्रालयलाई पत्र पठाएर र गृहका अधिकारीलाई पटकपटक भेटेरै ६ जना शरणार्थीलाई अमेरिका लैजानका लागि कागजात बनाइदिन दबाव दिएको छ,’ कान्तिपुर समाचारमा लेखिएको छ ।

दूतावासले गत अगस्टको सुरुमै १९ वर्षीया छेतेन छेजोमसहितका नाममा अनुमतिपत्र जारी गरिदिन परराष्ट्रमार्फत गृहलाई पत्र पठाएको समाचारमा लेखिएको छ । पत्रमा नाम उल्लेख गरिएकाको राष्ट्रियता तिब्बतियन लेखिएको जनाइएको छ । गृहले दूतावासको मागअनुसार तिब्बती शरणार्थीका नाममा अनुमतिपत्र दिन इन्कार गरेको छ । गृहले नमानेपछि अमेरिकी दूतावासका कन्सुलर माइकल ई। म्युसीले गृहका अधिकारीसँग भेटेर यात्रा अनुमतिपत्र जारी गरिदिन दबाव दिएको समाचारमा उल्लेख छ ।

नोवल कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई चीनबाट स्वदेश फिराउन तयारी गरिरहँदा सरकारी अधिकारी भने राख्ने उपयुक्त स्थान खोजीमा लागेको अर्को खबर पनि कान्तिपुरमा छ । ‘चीनको वुहानबाट नेपालीलाई यसरी फर्काइँदै छ’ शीर्षकमा नयाँ पत्रिकाले समाचार छापेको छ । समाचार अनुसार हुबेईका चार सहरबाट नेपालीलाई वुहानसम्म बसमा र त्यहाँबाट नेपाल एयरलाइन्सको विशेष विमानमा स्वदेश ल्याउने तयारी सरकारले गरेको छ । चीनबाट फर्काइएका नागरिकलाई अन्य देशले कसरी राखेका छन् भन्नेबारे पनि नयाँ पत्रिकाले सोधीखोजी गरेको छ ।

साहुकार रामबाबुले २८ ऋणीबाट मात्रै २० करोड ठगी गरेको समाचार पनि नयाँ पत्रिकामा छापिएको छ । नेकपाको जारी केन्द्रीय समिति बैठकमा सरकार र पार्टी नेतृत्वको कडा आलोचना भएको नागरिकले लेखेको छ । समाचार अनुसार दलाल पुँजीपतिको घेराबन्दीमा नेताहरू परेको आरोप केन्द्रीय सदस्यहरूले लगाएका छन् । नागरिकले जस्तै अन्नपूर्णले पनि नेकपा केन्द्रीय समिति बैठकमा सरकारको चर्को आलोचना भएको लेखेको छ । चीनबाट नेपाली फर्काइन लागेकोदेखि सामाजिक सञ्जालको विज्ञापन भुक्तानीमा गरिएको नियन्त्रणसम्मका खबर अन्नपूर्णको पहिलो पृष्ठमा छापिएको छ ।