२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली नागरिकलाइ चीनबाट फर्काउने सरकारकाे तयारी



अ+ अ-

काठमाडौं । चीनमा रहेका विद्यार्थी फर्काउन सरकारले थालेको पहल र नेकपाको जारी केन्द्रीय समिति बैठक आइतबारका दैनिक अखबारहरुले महत्व दिएर छापेका छन् । तिब्बती नागरिकलाई ट्राभल डकुमेन्ट दिन अमेरिकी दबाब शीर्षक दिएर कान्तिपुरले मुख्य समाचार छापेको छ । नेपालस्थित अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृह मन्त्रालयलाई पत्राचार गरेको समाचार छ । दूतावासले परराष्ट्र हुँदै गृह मन्त्रालयलाई पत्र पठाएर र गृहका अधिकारीलाई पटकपटक भेटेरै ६ जना शरणार्थीलाई अमेरिका लैजानका लागि कागजात बनाइदिन दबाव दिएको छ,’ कान्तिपुर समाचारमा लेखिएको छ ।

दूतावासले गत अगस्टको सुरुमै १९ वर्षीया छेतेन छेजोमसहितका नाममा अनुमतिपत्र जारी गरिदिन परराष्ट्रमार्फत गृहलाई पत्र पठाएको समाचारमा लेखिएको छ । पत्रमा नाम उल्लेख गरिएकाको राष्ट्रियता तिब्बतियन लेखिएको जनाइएको छ । गृहले दूतावासको मागअनुसार तिब्बती शरणार्थीका नाममा अनुमतिपत्र दिन इन्कार गरेको छ । गृहले नमानेपछि अमेरिकी दूतावासका कन्सुलर माइकल ई। म्युसीले गृहका अधिकारीसँग भेटेर यात्रा अनुमतिपत्र जारी गरिदिन दबाव दिएको समाचारमा उल्लेख छ ।

नोवल कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई चीनबाट स्वदेश फिराउन तयारी गरिरहँदा सरकारी अधिकारी भने राख्ने उपयुक्त स्थान खोजीमा लागेको अर्को खबर पनि कान्तिपुरमा छ । ‘चीनको वुहानबाट नेपालीलाई यसरी फर्काइँदै छ’ शीर्षकमा नयाँ पत्रिकाले समाचार छापेको छ । समाचार अनुसार हुबेईका चार सहरबाट नेपालीलाई वुहानसम्म बसमा र त्यहाँबाट नेपाल एयरलाइन्सको विशेष विमानमा स्वदेश ल्याउने तयारी सरकारले गरेको छ । चीनबाट फर्काइएका नागरिकलाई अन्य देशले कसरी राखेका छन् भन्नेबारे पनि नयाँ पत्रिकाले सोधीखोजी गरेको छ ।

साहुकार रामबाबुले २८ ऋणीबाट मात्रै २० करोड ठगी गरेको समाचार पनि नयाँ पत्रिकामा छापिएको छ । नेकपाको जारी केन्द्रीय समिति बैठकमा सरकार र पार्टी नेतृत्वको कडा आलोचना भएको नागरिकले लेखेको छ । समाचार अनुसार दलाल पुँजीपतिको घेराबन्दीमा नेताहरू परेको आरोप केन्द्रीय सदस्यहरूले लगाएका छन् । नागरिकले जस्तै अन्नपूर्णले पनि नेकपा केन्द्रीय समिति बैठकमा सरकारको चर्को आलोचना भएको लेखेको छ । चीनबाट नेपाली फर्काइन लागेकोदेखि सामाजिक सञ्जालको विज्ञापन भुक्तानीमा गरिएको नियन्त्रणसम्मका खबर अन्नपूर्णको पहिलो पृष्ठमा छापिएको छ ।