२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार जनताका अधिकार खोस्ने काममा लागेको छ– डा.महत



अ+ अ-


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशसरण महतले सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गरेर नगरिकको स्वतन्त्रता खोस्ने दुस्साहस गरेको आरोप लगाएका छन् ।
आफ्ना ज्यादतिविरुद्धको आलोचनाबाट डराएर संविधानले असंशोधनीय अधिकारका रुपमा नागरिकलाई दिएका कतिपय अधिकारहरुमा समेत सरकारले आँखा लगाएको उनको आरोप थियो ।
डा.महतको भनाई थियो– सरकार अधिनायकवाद लाद्न खोज्दैछ, तर यो उसको दिवा सपना मात्र हुनेछ । सरकार नागरिकप्रति उत्तरदायी हुनुको सट्टा अधिकार खोस्नेतर्फ लागेको उनले बताए । उनले सरकार निषेधको बाटोतर्फ लागेकाले त्यसकाबिरुद्ध लड्न नागरिकलाई आह्वान पनि गरे ।
‘जनताको मतले निर्वाचित भएर पनि सरकार जनताको आकांक्षाअनुसार काम गर्न नसकेको उनको भनाई थियो । निषेध र नियन्त्रणमा उहाँहरू बिश्वास गर्नुहुन्छ त्यसैले जनताका काम हुन सकेका छैनन– उनले भने ।


नुवाकोटमा सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका डा.महतले राष्ट्रियताको ठूलो नारा लगाउनेहरू नै देशको सीमा, सुरक्षा र अखण्डतामा प्रश्न उठ्दा कानमा तेल हालेर बसेको बताए । नेपालमा चीनसँग जोड्ने रेलवेको कुरा गर्नेहरूले त्रिशुलीबाट रसुवागढी हुँदै काठमाडौंमा जोड्ने झोर छहारे बाटोको मर्मतसमेत नगरेको गुनासो उनले गरे ।
यहाँ ठूलाठूला कुरा हुन्छन्, आकास पातालको कुरा हुन्छ, पानी जहाजको कुरा हुन्छ, रेलवेको कुरा हुन्छ, तर जनताको आधारभूत आवश्यकता समेत पूरा हुँदैन– डा.महतले भने ।

फरक सन्दर्भमा सहमहामन्त्री महतले नेपाल एकीकरणको सुरुवात नुवाकोटबाटै भएको उल्लेख गर्दै पृथ्वीनारायण शाहको योगदानको प्रशंसा पनि गरे । तर राजधानीको नजिक भएर पनि अहिले नुवाकोट पछि परेको उनले बताए ।