१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

नियम पालना नगर्ने सवारीसाधनबाट रु ३५ लाख जरिवाना

नियम पालना नगर्ने सवारीसाधनबाट रु ३५ लाख जरिवाना
अ अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट रु ३५ लाख जरिवाना गराएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई सो रकम जरिवाना गराएको हो । विभागले दैनिक विभिन्न स्थानमा पुगेर सवारी साधनको अनुगमन गरिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार काठमाडौँ उपत्यका र नाकासम्म पुगेर अनुगमन गरिँदै आएको छ ।

उपत्यका बाहिर पुग्न नसकिए पनि उपत्यकाभित्र नियमितरूपमा अनुगमन भइरहेको छ । विभिन्न माध्यमबाट आएका उजुरी र गुनासोका आधारमा समेत अनुगमन भइरहेको उनले बताए । उनले भने, “हामीले सूचनाका आधारमा र आफैँले पनि उपयुक्त स्थान छानेर नियमितरूपमै अनुगमन र कारवाही गरिरहेका छौँ ।” विभागको जिम्मेवारी सडक नियमको पालना गराउने भए पनि जनशक्ति कमीलगायतका कारण विभागभन्दा ट्राफिक प्रहरी सडक नियम पालना नगर्ने सवारी साधनलाई कारवाही गरिरहेको देखिन्छ ।

ट्राफिक प्रहरीले सवारी साधनले गल्ती गर्दा कारवाही गरे पनि नियमितरूपमा सडकमा अनुगमन कम गरेको यात्रुले गुनासो गर्दै आएका छन् । विभागमा सडक अनुगमनका लागि पर्याप्त जनशक्ति नभएको महानिर्देशक हमालले बताए । सवारी ऐनले सडक नियमको नियमन र आवश्यक कारवाहीको अधिकार ट्राफिक प्रहरी र विभाग दुवैलाई दिएको छ । नयाँ संरचनाअनुसार प्रदेश र स्थानीय तहलाई पनि सडक नियम पालना गराउने अधिकार दिइएको छ ।