२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरकोरियाली दूतावास नजिकैको कवाडीखानामा भीषण आगलागी, दुईजना घाइते



अ+ अ-

ललितपुर । ललितपुरको उत्तर कोरियाली दूतावास नजिकैको बखुन्डोलस्थित कवाडीखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी दुईजना घाइते भएका छन् ।

आज बिहान ११ः१५ बजेतिर लागेको आगो नियन्त्रणमा लिन दमकल, सुरक्षाकर्मीको प्रयास जारी छ । काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल घटनास्थल पुगेको छ ।

घाइतेहरुलाई जावलाखेलस्थित अल्का अस्पतालमा उपचारको निम्ती लागि भर्ना गराईएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार आगो नियन्त्रण हुँदै गएको छ ।