२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस आए हाम्रो अवस्था के हुन्छ ?: राष्ट्रियसभा सदस्य रायमाझी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले भ्रमण वर्षको नाममा देशमा रोग भित्र्याउन नहुने बताएका छन् । चीनबाट फैलिएको कोराना भाइरस धेरै देशमा फैलिएको र त्यसबारेमा सरकार आफै पनि सचेत हुनु पर्ने भन्दै उनले भने, ‘भिजिट नेपाल २०२० को नाममा देशमा रोगलाई भित्र पसाउने गर्नु हुँदैन । भिजिट वर्ष २०२० भएन भने २१ गरौंला, २२ गरौंला ।’

रायमाझीले आवश्यक परे स्थलमार्गसँगै चाइनाको हवाइमार्ग पनि रोक्नु अनुरोध गर्नु पर्ने बताए । ‘कर्णालीका नेपाली कतिपटक सिटामोल नपाएर मरेको अवस्था छ । यो भाइरस आए हाम्रो अवस्था के हुन्छ ? भन्दै उनले प्रश्न समेत गरे ।