१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

उपत्यकाको साँस्कृतिक गुठी सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिऔं: मन्त्री मानन्धर

उपत्यकाको साँस्कृतिक गुठी सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिऔं: मन्त्री मानन्धर
अ अ+ अ-

सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले काठमाडौं उपत्यकाको सांस्कृतिक गुठी संसक्षण र सञ्चालनको जिम्मेवारी स्थानिय सरकारलाई दिइनु उपयुक्त हुने बताएका छन् । सामुदायीक विकास संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा मन्त्री मानन्धरले काठमाडौं उपत्यकाको सांस्कृतिक र परम्परागत गुठीहरुको संरक्षण र सम्वर्द्धनका लागि स्थानिय सरकारलाई नै जिम्मेवारी दिँदा सहज हुने बताएका हुन् ।

सरकारले देशभरका साँस्कृतिक र अन्य गुठीहरुको व्यवस्थापनका लागि गुठी विधेयकलाई बैज्ञानिक तरिकाले परिस्कृत गरेर ल्याउने तयारी गरिरहेको बताउँदै मन्त्री मानन्धरले कतिपय स्थानहरुमा गुठीका जग्गाहरुको विवाद देखिएको बताए । उपत्यकाको गुठीहरुमा जग्गाको विवाद नरहेको बताउँदै मन्त्री मानन्धरले संस्कृति जोगाउने गुठीहरुलाई फरक रुपले हेर्नुपर्ने बताए । काठमाडौंमा कायम रहेको गुठी यहाँको जनजीवनसँग सम्बन्धीत रहेको र जन्मदेखि मृत्युसम्मका संस्कारहरु गुठीकै माध्यमबाट हुने भएकाले स्थानीय सरकारकै निगरानीमा रहनेगरी व्यवस्थापन गर्न आफुले पहल गरिरहेको मन्त्री मानन्धरको भनाई छ ।

मन्त्री मानन्धरले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षा पुरा गर्न र प्रधानमन्त्रीको सपना साकार पार्न वर्तमान सरकार लागिपरेको पनि बताए । सरकारले विकासका पुर्वाधार निर्माणमा आधार तयार पारेको बताउँदै मन्त्री मानन्धरले आगामी वर्षदेखि देखिनेगरी विकासका प्रतिफल प्राप्तहुने दाबी समेत गरे । प्रधानमन्त्रीले परिकल्पना गर्नुभएको नयाँ नेपाल निर्माणमा वर्तमान सरकार र सत्तारुण नेकपा लागिपरेको बताउँदै सरकारको कामबाट अत्तालिएकाहरुले भ्रम फैलाउन खोजेको मन्त्री मानन्धरको आरोप छ ।

एमसीसी र डन्डोप्यासीफीक रणनीति फरक विषय भएको बताउँदै मन्त्री मानन्धरले देशको विकासका लागि एमसीसीको अनुदान स्विकार्नुपर्ने बताए । तत्कालिन अवस्थामा विदेशी लगानीविना देशको विकास र समृद्धि सम्भव नभएको बताउँदै एमसीसी अनुमोदनको पक्षमा सरकार रहेको मानन्धरको भनाई छ ।

देशभर बन्ने नयाँ सहरहरुको डीपीआर निर्माण र पुर्वाधार विकासको काम भइरहेको बताउँदै मन्त्री मानन्धरले व्यवस्थीत सहरीकरणका लागि आफुले पहल गरिरहेको बताए । काठमाडौं उपत्यकाको सडकमा भएका खाल्डाखुल्डी पुर्ने र नयाँ पिच गर्ने कामलाई तिब्रता दिइएको बताउँदै अबको केही समयभित्रै उपत्यकाका सडक व्यवस्थीत र धुलोरहित हुने दाबी समेत गरे ।