१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

निर्वाचन सुरक्षा योजना कार्यान्वयन गरिँदै

निर्वाचन सुरक्षा योजना कार्यान्वयन गरिँदै
अ अ+ अ-

सुदूरपश्चिम। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्थापन चुस्त एवं सुदृढ पार्न लागिएको छ ।

भौगोलिक विकटता, सडक सञ्जाल, निर्वाचनस्थलको संवेदनशीलतालाई आधार मानेर निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

“निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाको रणनीतिसहित निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागेका छौँ”, मिश्रले भन्नुभयो, “यसका लागि हातहतियार, गोलीगठ्ठा, सञ्चार सामग्री, जनशक्तिलगायत व्यवस्थापन हुँदैछ ।”

निर्वाचनको सुरक्षाका लागि मतदानस्थल तथा केन्द्रको बहिरी घेरामा नेपाली सेना, मध्यम घेरामा, सशस्त्र प्रहरी बल र भित्रि घेरामा नेपाल प्रहरी परिचालनको व्यवस्था मिलाउन लागिएको उहाँले बताउनुभयो ।

विगतका निर्वाचनको मतदानका क्रममा भएको अवाञ्छित एवं अस्वभाविक गतिविधिलाई मध्यनजर गरेर सुरक्षा रणनीति बनाइएको छ । यसबाहेक सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान आआफ्नो सुरक्षा योजनाअनुसार निर्वाचनको सुरक्षामा परिचालित हुन लागेको जनाइएको छ ।

मिश्रले भन्नुभयो, “निर्वाचनस्थल तथा केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील निर्वाचनस्थलका रूपमा लिएर सुरक्षा व्यवस्था मिलाउँदै छौँ, प्रदेशको बाजुरा र अछाम जिल्लातिर बढी सुरक्षा संवेदनशीलताको आँकलन गरिएकाले सोही बमोजिमको सुरक्षा व्यवस्थापन मिलाइँदै छ ।”

निर्वाचनको सुरक्षालाई दृष्टिगत गरेर प्रदेशका सबै नौ जिल्लामा गरी ३००  मतदानस्थललाई सामान्य, ३९५ लाई संवेदनशील र ४८१ लाई अतिसंवेदनशील निर्वाचनस्थल तोकिएको छ । प्रदेशभर एक हजार १७६ मतदानस्थल र दुई हजार १८६ मतदान केन्द्र कायम गरिएको छ ।

मतदानको दिन हिमपात भएमा बाजुरा, बझाङ र दार्चुला जिल्लाका हिमाली क्षेत्रका मतदानस्थलमा केही चुनौती थपिने देखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मिश्रले बताउनुभयो । निर्वाचनको तयारीका क्रममा सुरक्षाको व्यवस्थापन गर्न प्रदेशका जिल्लामा निर्वाचन प्रहरी भर्नाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेशभरि सात हजार ५८ जना नेपाल प्रहरी र १३ हजार ६६९निर्वाचन प्रहरी परिचालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

कैलालीमा तीन हजार ५६७, कञ्चनपुरमा दुई हजार ३५, बाजुरामा ९६४ र दार्चुलामा ८८४, बझाङमा एक हजार४८४, डडेलधुरामा ९४४, बैतडीमा एक हजार २७९, दार्चुलामा ८८४ र अछाममा एक हजार ४६३ निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ ।

पहाडी क्षेत्रका कतिपय जिल्लामा तोकिएको समयभित्र आवश्यकता बमोजिमको निवेदन नपरेपछि निर्वाचन प्रहरीमा भर्ना हुने म्याद दुई दिन थपिएको छ । निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन प्रयोजनका लागि प्रदेशका सबै जिल्लामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

पाँच निर्वाचन क्षेत्र रहेको कैलालीको निर्वाचन क्षेत्र १ को टीकापुर, क्षेत्र २ को लम्की, क्षेत्र ३ को सुखड, क्षेत्र ४ को अत्तरिया र क्षेत्र ५ को धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताउनुभयो ।

तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर निर्वाचन क्षेत्र १ को बेलौरी, क्षेत्र २ को झलारी र क्षेत्र ३ को भीमदत्तनगरमा र दुई निर्वाचन क्षेत्र रहेको अछाम क्षेत्र १ को साँफेबगर र क्षेत्र २ को मङ्गसैनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा भने सम्बन्धित जिल्ला सदरमुकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेशमा प्रतिनिधिसभा सदस्यका १६ निर्वाचन क्षेत्र छन् । रासस