२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सिमा क्षेत्रमा सशस्त्रको बीओपी राख्न खोज्दा भारतले गर्यो अवरोध



अ+ अ-

वीरगञ्ज । सिराहाको भारतीय सीमा क्षेत्रमा नेपालको सीमा सुरक्षा पोस्ट राख्न भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । भारतीय सीमा क्षेत्र ठाडीमा सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्न लाग्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको हो ।

सशस्त्र प्रहरीको महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनी प्रमुख डीआईजी राजु अर्यालले बीओपी राख्न खोज्दा एसएसबीले अवरोध गरेको बताएका छन् । ‘हामीले पोस्ट स्थापना गर्र्न खोज्दा, उताबाट अब्जेक्सन गरेका छन् । हामीले नापीको टोली बोलाएका छौं । नापीले जे भन्छ, त्यही अनुसार अगाडि बढ्छौं’ उनले भने ।

यसअघि एसएसबीले सो ठाउँमा संरचना बनाउन खोज्दा सशस्त्र प्रहरीले उक्त भूमि नेपाली क्षेत्रमा पर्ने भन्दै अवरोध समेत गरेको थियो । अहिले सो क्षेत्रमा नेपालले बीओपी राख्न लाग्दा पुनः एसएसबीले अवरोध गरेको हो ।