१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

प्रेस युनियन रसुवामा नयाँ नेतृत्व

प्रेस युनियन रसुवामा नयाँ नेतृत्व
अ अ+ अ-

रसुवा– नेपाल प्रेस युनियन रसुवाको तेस्रो जिल्ला अधिवेसनले सुशिल कोइरालाको नेतृत्वमा ११ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष उपाध्यक्ष शशीकुमार डंगोल, महिला उपाध्यक्ष झरना नेपाली, सचिव आशिष तामाङ, सहसचिव संगीता तामाङ, कोषध्यष सुवास घिमिरे छन् । कार्यसमितिको सदस्यहरुमा सन्तोषी तामाङ, रक्षा न्यौपाने, पुरुषोतम पौडेल, साधुराम सापकोटा, संदिप पौडेल छन् ।

अधिवेसनले चैत २१ र २२ गते नेपालगंजमा हुने नबौं केन्द्रिय महाधिवेसनको लागि ५ सदस्यीय चयन गरेको छ । पाँच सदस्यीयहरुमा गणेश श्रेष्ठ, धर्म पौडेल, सुनिल पौडेल, अनु आचार्य र झरना नेपाली रहेका छन् । प्रदेश प्रतिनिधिहरुमा श्रीकृष्ण पौडेल, सुदिप न्यौपाने, भवानी पौडेल, भक्तबहादुर गुरुङ, मिलन देवकोटा, रक्षा न्यौपाने र सन्तोषी तामाङ रहेका छन् । सर्वसम्मत् निर्वाचित कार्यसमिति, महाधिवेसन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरुलाई प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी र केन्द्रिय प्रतिनिधि प्रदिप चापागाईंले टीका तथा खादा लगाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

यसअघि तेस्रो जिल्ला अधिवेसनको उद्घाटन सत्रमा नेपाली काग्रेस रसुवाका सभापति पेम्वाछिरिङ तामाङले प्रेसले स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउन नेपाली काग्रेस आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

संघीय सांसद ईन्जिनियर मोहन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काँग्रेस सधैं अग्रामोर्चामा रहेको उल्लेख गर्दै सरकारले संसदमा ल्याएका सूचना प्रविधि विद्येयक, मिडिया काउन्सिल विद्येयक र विशेष सेवा विद्येयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधानको विरोध जनाए ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको आन्तरिक गृह कार्य भैरहेको उल्लेख गर्दै सबैलाई महाधिवेसनको लागि सहभागी हुन आग्रह गरे ।

कृष्ण थापाको अध्यक्षतामा भएको अधिवेसनमा उत्तरगयागाउपालिकाका प्रमुख उपेन्द्रराज लम्साल, केन्द्रिय प्रतिनिधि प्रदिप चापागाईं, नेका जिल्ला कार्यसमिति सदस्य उत्तम थापा, रसुवा महिला सञ्जाल अध्यक्ष सुनिता गुरुङ, प्रेस संगठनका संयोजक बलराम घिमिरे लगायतले शुभकामना व्यक्त गरेका थिए ।