२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोभाक जोकोभिचले जिते अस्ट्रेलियन ओपनकाे उपाधि



अ+ अ-


काठमाडौंः सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिचले आठौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । वर्षको पहिलो ग्राण्ड्सलाम अष्ट्रेलियन ओपनको आइतबार भएको पुरुषतर्फको फाइनलमा जोकोभिचले पहिलो पटक फाइनलमा पुगेका डोमिनिक थाइमलाई ५ सेट चलेको खेलमा ३-२ ले पारजित गरे ।

पहिलो सेट ६-४ ले जितेका जोकोभिचले त्यसपछि लगातार दुई सेट गुमाएका थिए । थाइमले दोस्रो सेट ६-४ र तेस्रो सेट ६-२ ले जित्दै खेलमा २-१ को अग्रता बनाएका थिए ।

चौथो सेट जोकोभिचले ६(३ ले जित्दै खेल बराबरीको अवस्थामा पुग्यो । पाँचौ तथा निर्णायक सेट ६(४ ले जित्दै जोकोभिचले मेलवर्नमा आठौं पटक उपाधि जितेका हुन् । याे जितसँगै ३२ वर्षीय जोकोभिचको ग्राण्डस्लाम उपाधि संख्या १७ पुगेको छ। उनी सर्वाधिक उपाधि जित्नेमा रोजर फेडेरर र राफायल नाडालभन्दा पछि छन् । फेडेररले २० र नाडालले १८ ग्राउण्डस्लाम उपाधि जितेका छन् । जोकोभिचले ५ पटक विम्बल्डन, ३ पटक युएस ओपन र १ पटक फ्रेन्च ओपन जितेका छन् ।

तेस्रो पटक ग्राण्ड्स्लाम फाइनल खेलेका थाइमको उपाधि जित्ने चाहना अझै अधुरै बनेको छ ।

महिला एकलतर्फ शनिबार भएकाे फाइनलमा अमेरिकी साेफिया केनिनले उपाधि जितकी थिइन् । यससँगै अस्ट्रेलियन अाेपनका सबै खेल समाप्त भएका छन् ।

(न्यूज एजेन्सीहरूकाे सहयाेगमा)