१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

सरकारले गर्याे ६० जना सहसचिवको सरुवा तथा पदस्थापन

सरकारले गर्याे ६० जना सहसचिवको सरुवा तथा पदस्थापन
अ अ+ अ-

काठमाडौँः सरकारले ६० जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सङ्घीय सरकार अन्तर्गत विभिन्न निकायमा कार्यरत १८ जना सहसचिवहरूलाई सङ्घ तथा प्रदेश मन्त्रालयमा सरुवा गरेको हो । त्यसै गरी केही दिन अघि बढुवा भएका ४२ जनालाई पनि विभिन्न मन्त्रालय वा अन्तर्गतका निकायहरूमा पदस्थापन गरेको छ ।

सरकारले केही दिनअघि बढुवा भएका ४२ जना सहसचिवहरूमध्ये राजेन्द्र कुमार केसी र बाबुराम खतिवडालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत, बाबुराम भण्डारी र बद्रीराज अर्याललाई अर्थ मन्त्रालय वा अन्तर्गत, सुशील श्रेष्ठ आदिवासी जनजाति आयोग, राजेन्द्र प्रसाद घिमिरे कलैया उप महानगरपालिका बारा, नुरहरी खतिवडा, उमेश कुमार ढकाल, सुरेन्द्र पौडेल, यादव सुवेदी, श्रवण कुमार तिमिल्सिना, विष्णुकुमार कार्की, सागर आचार्य, रमेश न्यौपाने, शालिग्राम शर्मा पौडेल, गौलोचन सैजु, शिवराज पोखरेल र जगनाथ पन्तलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

त्यस्तै सहसचिव टिकाराम ज्ञवाली घोराही उप महानगरपालिका दाङ, उमेश बस्नेत जनकपुर उप महानगरपालिका धनुषा, खड्गबहादुर कार्की जितपूर सिमरा उप महानगरपालिका बारा, कृष्णकान्त उपाध्याय तुलसीपुर उप महानगरपालिका दाङ, हरि बखति धनगढी उप महानगरपालिका कैलाली, बद्री अधिकारी पोखरा उप महानगरपालिका पोखरा, कृष्ण प्रसाद धिताल वीरगन्ज महानगरपालिका पर्सा, भीष्मप्रसाद न्यौपाने विराटनगर, उपेन्द्र खनाल हेटौडा उप महानगरपालिका मकवानपुर सरुवा गरिएको छ ।

सहसचिव ठाकुर सिग्देललाई प्रदेश प्रमुखको कार्यालय प्रदेश नं। १ विराटनगर, हरि प्रसाद बास्तोला प्रदेश प्रमुखको कार्यालय प्रदेश नं। ४ पोखरा, दुर्गा दत्त ढकाल प्रदेश प्रमुखको कार्यालय बागमति प्रदेश, हेटौडा सरुवा गरिएको छ ।

यसैगरी नारायण प्रसाद अधिकारी र सेवन्तराज दाहालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने टेकराज निरौलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अद्वैत प्रकाश श्रेष्ठ राष्ट्रिय कितावखाना, यमुना प्रधान राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, विनु बज्राचार्य राष्ट्रिय सूचना आयोग, लाल बहादुर कार्की लोक सेवा आयोग, रुद्रनाथ देवकोटा बेपत्ता छानबिन आयोग सरुवा भएको छ । सह सचिवद्वय यम प्रसाद भुसाल र विष्णुदत्त गौतम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लेखनाथ शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, इन्द्रमणी पोख्रेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सरुवा गरिएको छ ।

सरकारले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत १८ जना सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयमा कार्यरत सहसचिव वसन्त अधिकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव बाबुराम अधिकारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव यमलाल भुसाललाई अर्थ मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्याललाई मधेसी आयोग सरुवा गरिएको छ ।

राष्ट्रिय सूचना आयोगका सहसचिव कुमार प्रसाद दहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव पीताम्बर घिमिरेलाई गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव राजेन्द्र कुमार पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय कितावखानाका सहसचिव गीता कुमारी हुमागाईलाई लोक सेवा आयोग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी सहसचिव रुद्रा देवी शर्मालाई गृह मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अण प्रसाद न्यौपानेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश सुर्खेतमा कार्यरत सहसचिव मान बहादुर बिक लाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ज्ञवालीलाई रक्षा मन्त्रालय, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूलाई प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश सुर्खेत, सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेश धनगढीका प्रदेश सचिव शङ्कर प्रसाद सुवेदीलाई राष्ट्रिय कितावखाना, वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दीपक काफ्लेलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका सहसचिव शिवराम न्यौपानेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।