२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो रहने छ आजको मौसम



अ+ अ-

काठमाडौँ, २ माघः हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यसैगरी, आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाले हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।रासस