२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एयरलाइन्सले गर्यो चीनका तीन शहरको उडान स्थगित



अ+ अ-

काठमाडौं । चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले उडान स्थगन गरेको छ । चीनका तीन शहर सेन्जेन, छाङसा र गोया एयरलाइन्सले तत्कालका लागि उडान स्थगित गरेको हो ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको हो ।

हिमालयले चीनका विभिन्न शहरसँगै हाल बङ्गलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, यूएईको अबुदाबी, दुबई, साउदी अरेबियाको दमाम र कतारको दोहामा सिधा उडान गरिरहेको छ । कोरोना भाइरस पहिलो पटक चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको थियो ।