१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै

आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने: सञ्चारमन्त्री बाँस्कोटा

आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने: सञ्चारमन्त्री बाँस्कोटा
अ अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने घोषणा गरेका छन् । सो टेलिभिजनको ३५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले राष्ट्रको छवि माथि उठ्ने नयाँ कामका रुपमा सो परियोजनालाई लिएर आगामी छ महिनाभित्र ‘एनटिभी वल्र्ड’ शुभारम्भको तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिए । उनले सोका लागि सरकारले बजेट र आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए । सो टेलिभिजनका हाल पाँच च्यानल प्रसारण भइरहेका छन् ।

मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान र रेडियो नेपाल सरकारी सञ्चारमाध्यम नभई जनता र राज्यको माध्यम तथा सम्पत्ति भएको उल्लेख गर्दै मुलुकको आधिकारिक सूचना र भिडियोलाई विदेशीले हेर्नुपर्दा नेपाल टेलिभिजनबाट हेर्नुपर्ने गरी उक्त नयाँ च्यानलबाट हेर्ने गरी सङ्कल्प लिनु अत्यावश्यक भएको जनाए। उनले भने, “यी संस्था जनता र राज्यका सम्पत्ति हुन् । यसलाई हेर्ने आँखा बदलिनुपर्छ । यही हाम्रा देशका केही धरोहरभित्र पर्छन् । घोषणा र तयारी गरेपछि सबै कुरा सम्भव छ । न्यायपूर्ण समाजको परिकल्पना वा समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न सम्भव छ ।”

मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले भने जस्तै हरेक दिन नयाँ फड्को र नयाँ प्रगति हासिल गर्न कर्मचारी र पत्रकारलाई मौरी झैँ काम गर्न आग्रह गरे । उनले नयाँ उत्साह र उमङ्गका साथ आफ्ना प्रभाव र पहुँच विस्तार गर्दै यही माघ १७ गते इटहरी च्यानलको शुभारम्भ भएकामा बधाई दिए । नेपाली इतिहासको यो पहिलो टेलिभिजन भएपछि अब जनता र दर्शकको छनोटमा पहिलो हुनु यसको चुनौती भएको उल्लेख गर्दै उनले यसपल्ट संस्थाले यस वर्षका लागि व्यापारिक कारोवारका घोषित लक्ष्य पूरा हुने दिशामा अग्रसर भएकामा व्यवस्थापनलाई बधाई दिए ।

“अब यो बाँच्ने भयो । हाम्रा संस्थाहरुको आर्थिक जीवन स्वस्थ्य नहुँदासम्म सुकेनासले समात्छ । टेलिभिजन आर्थिक सुकेनासबाट भने जोगियो । प्रविधिको रुपान्तरणसँगै पहुँचको विस्तारका लागि आफ्ना लगानीहरु केन्द्रित गर्न आवश्यक छ”, मन्त्री बाँस्कोटाले भने, “अब मान्छेको मान जित्नुपर्छ । यसमा लोकसेवामा जाँच दिए जस्तो हुँदैन । उत्कृष्ट कार्यक्रम सञ्चालन गरेर दर्शकको मन जित्न सक्ने यसको क्षमता यसले विकास गर्नुपर्छ । दर्शकको मनोविज्ञानले के खोजेको छ, त्यसबारे अनुसन्धान हुन जरुरी छ । सरकार जोडिएका अधिकांश यस्ता संस्थाहरुमा मानवीय स्रोत व्यवस्थापनका चुनौतीको सामना गर्न आवश्यक छ ।”

सो अवसरमा संस्थाका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पहुँच र विषयवस्तुमा सुधारका लागि यस वर्ष योजनाबद्ध काम भइरहेको जानकारी दिँदै प्रस्तुतिका शैली र विषयवस्तुको विविधीकरण गरिएको बताए । उनले सञ्चारमाध्यमले समाजमा सकारात्मकताको सन्देशका साथ आलोचनात्मक दृष्टिकोण पस्कनुपर्ने विचार पनि राखे । महाप्रबन्धक गोविन्द रोक्काले नेपाल टेलिभिजनले आफूलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्दै राज्यलाई सेवा दिइरहेको बताए ।

सञ्चालक समितिका सदस्य टङ्क पन्तले नेपाल सरकारको सहयोगका कारण नेपाल टेलिभिजनले हरेक वर्ष नयाँ नयाँ विकास गर्न सकेको उल्लेख गर्दै पहुँच र विषयवस्तुमा अझै सुधार गर्नुपर्ने जिम्मेवारी रहेको बताए । नेपाल पत्रकार महासङ्घ, टेलिभिजन शाखाका अध्यक्ष निराजन खनालले मुलुककै अग्रणी टेलिभिजनले इटहरी प्रसारणको शुभारम्भसँगै आफूलाई पाँचौँ च्यानलमा विस्तार गरेकामा खुशी व्यक्त गरे ।

एनटिभीको मोबाइल एप शुभारम्भ: मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजन मोबाइल एपको शुभारम्भ गरे । सो एपमा लाइभ टिभी, टिभी सो, भिडियो अन डिमान्ड र न्युज फिचर समावेश छन् । सो टेलिभिजनका हाल पाँच च्यानल हाई डिफिनिशन (एचडी) प्रविधिमा छन् । कार्यक्रममा संस्थामा २० र ३० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदक र सेवानिवृत्त कर्मचारीलाई सम्मान तथा विभिन्न विधामा उत्कृष्ट पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

उत्कृष्ट सार्वजनिक महत्वका सूचनादाता, विज्ञापनदाता, व्यापारिक कारोवारकर्ता र वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयीलाई पनि पुरस्कार प्रदान गरियो । सो अवसरमा टेलिभिजनको स्मारिका लोकार्पण गरिएको थियो । संस्थालाई प्रविधि रुपान्तरणमा अगुवाइ गर्ने इञ्जिनीयरिङ शाखा प्रमुख चिन्तामणि बराललाई पनि सम्मान गरियो । यसैगरी यस वर्षको उत्कृष्ट कर्मचारीका रुपमा समाचार निर्देशक राजु सिलवाललाई रु ५५ हजार राशिसहित पुरस्कृत गरियो ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, सञ्चार मन्त्रालयका सचिव दीपक सुवेदी, संस्थाका पूर्वअध्यक्ष तथा महाप्रबन्धक र राष्ट्रिय सञ्चारमाध्यमका प्रमुखको उपस्थिति थियो । सो टेलिभिजनको स्थापना दिवसका दिन यही माघ १७ गते इटहरी प्रसारणको शुरुआत भएको थियो । विसं २०४१ माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको थियो ।