१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

क्रिकेट र स्वच्छतामा जोड: पारस खड्कासँगै ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु

क्रिकेट र स्वच्छतामा जोड: पारस खड्कासँगै ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु
अ अ+ अ-

जनकपुरधाम; खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतना प्रवाह गर्ने उद्देश्यले हिजो बुधबार मधेश प्रदेशमा क्रिकेट फर वास (Cricket for WASH) कार्यक्रमको उद्घाटन गरिएको छ।

मधेश प्रदेश खेलकुद परिषद्, जनकपुरधामको कभर्ड हलमा सम्पन्न कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री बसन्त कुमार कुशवाहा र नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका हुन्।

वेल्थङ्गरहिल्फे (Welthungerhilfe) र सबल नेपालको साझेदारीमा सञ्चालित ‘तराई–मधेश क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत महिनाव्यापी स्वास्थ्य, सामुदायिक तथा व्यक्तिगत सरसफाइ सचेतना प्रवर्द्धनका लागि क्रिकेट खेलको माध्यमबाट किशोरीहरूको सहभागिता र सामाजिक सक्रियता बढाउने उद्देश्यले तयार गरिएको Cricket + WASH खेल मार्गदर्शन पुस्तिका समेत सोही कार्यक्रममा लोकार्पण गरिएको थियो।

कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले कोभिड–१९ महामारीको समयमा स्वास्थ्य र सरसफाइप्रति हामी जति सचेत थियौँ, अहिले त्यसलाई क्रिकेटको माध्यमबाट अझ प्रभावकारी रूपमा जोडिएको उल्लेख गरे। यस पहलले विशेषगरी महिला क्रिकेट र नयाँ खेलाडीहरूलाई मार्गदर्शन गर्ने अवसर प्रदान गरेको भन्दै उनले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री बसन्त कुमार कुशवाहाले खानेपानी, सरसफाइ र स्वच्छता अभियानमा क्रिकेट खेलमार्फत युवाको सहभागिता प्रवर्द्धन गर्नु सन्देशमूलक र प्रभावकारी रहेको बताए। साथै आगामी दिनमा नेपाल क्रिकेट संघ मातहत प्रदेश तथा जिल्ला संघहरूसँग समन्वय गरी यस्ता कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए।

प्रदेशस्तरीय उद्घाटनसँगै सिरहा जिल्लाको कर्जन्हा नगरपालिकास्थित फूलकुमारी महतो माध्यमिक विद्यालय, बन्दीपुरमा पनि कार्यक्रम औपचारिक रूपमा सञ्चालन गरिएको थियो। सो अवसरमा मार्गदर्शन पुस्तिकाको आधारमा किशोरीहरूसँग प्रदर्शनी अभ्यास खेल खेल्दै कार्यक्रमको उद्घाटन गरिएको थियो।

कार्यक्रममा सबल नेपालले मधेश प्रदेश क्रिकेट संघसँग ५ लाख रुपैयाँ बराबरको सम्झौता समेत गरेको छ। सम्झौतापत्रमा सबल नेपालका कार्यकारी निर्देशक दीपक कुमार झा र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनील महासेठले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार क्रिकेट फर वास कार्यक्रम प्रवर्द्धन गरिने उल्लेख छ।

कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान सदस्य एवं एनपीएल गभर्निङ काउन्सिल सदस्य सुदीप शर्मा, क्यान सदस्य तथा मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठ, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डे, पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनिष सिंह, क्यानको राष्ट्रिय क्रिकेट टिमका छनोटकर्ता सदस्य मुर्तुजा हवारी लगायतको उपस्थिति रहेको थियो।

क्रिकेटको माध्यमबाट मधेशका किशोरीहरूले सामाजिक सचेतनामा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै प्रमुख अतिथि पारस खड्काले यस अभियानले भविष्यमा राष्ट्रिय क्रिकेट टोलीका लागि सक्षम खेलाडी उत्पादन गर्ने सम्भावना बढाउने बताए।

कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनील महतोले यस कार्यक्रमले विशेषगरी महिला क्रिकेट प्रवर्द्धनका लागि प्रदेशस्तरीय गतिविधिहरू समेटिएको उल्लेख गर्दै मधेश प्रदेशमा महिला क्रिकेट खेलाडी उत्पादनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।